खेलकुद

आईसीसी एकदिवसीय विश्वकप : अस्ट्रेलियाका कप्तानले गरे कोहलीलाई आउट

नवलपुर टुडे
२०८० मंसिर ३ | मध्यान्ह ०४:०८ बजे

काठमाडौं, मंसिर ३ । आइसिसी एकदिवसीय क्रिकेट विश्वकपमा घरेलु टिम भारत र अस्ट्रेलियाबीच खेल भइरहेको छ ।

भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा अस्ट्रेलियाले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको भारतले दुवै ओपनरसहित चार विकेट गुमाएको छ । चौथो विकेटको रुपमा विराट कोहली ५४ रन बनाएर आउट भएका छन् । उनलाई अस्ट्रेलियाका कप्तान पाट कमिन्सले २८.३ ओभरमा आउट गरे । त्यतिबेला भारतले ४ विकेटको क्षतिमा १४८ रन जोडेको थियो । 

भारतले १० ओभरपछि बाउन्ड्री प्रहार गर्न सकेको थिएन । ९७ बलपछि बाउन्ड्री प्रहार गर्ने क्रममा भारतका केएल राहुलले २६.२ ओभरमा चौका प्रहार गरेका थिए । भारतका ओपनिङ ब्याट्सम्यान शुभमन गिल पाँचौ ओभरमा ४ रनमै आउट भए । उनलाई मिचेल स्टार्कले एडम जाम्पाबाट क्याच गराए । 

दशौं ओभरको चौथो बलमा ओपनर तथा कप्तान रोहित शर्मा ४७ रनमा आउट भए । उनलाई म्याक्सवेलले त्रविस हेडबाट क्याच गराए । उनले आउट हुनुअघि ३१ बलमा ४ चौका र ३ छक्का प्रहार गरे ।

अर्को ओभरमा कप्तान पास कमिन्सले भारतका श्रेयष अय्यरलाई ४ रनमा आउट गरे । भारतले तेस्रो विकेट गुमाउँदा १०.२ ओभरमा ८१ रन जोडेको थियो ।

कमेन्टहरु