मदन पुरस्कार विजेता ओझालाई गृहनगरमा भव्य सम्मान

नवलपुर टुडे


टीकापुर । मदन पुरस्कार विजेता ऐंठन उपन्यासका लेखक विवेक ओझाले मदन पुरस्कारले आफूलाई पूर्णकालीन लेखक बन्न मार्ग प्रशस्त गरेको बताएका छन् ।
ओझाको गृहनगर टीकापुरमा डल्फिन मिडिया प्रालिद्वारा सञ्चालित हाम्रोपत्र डटकमले आयोजना गरेको सम्मान कार्यक्रममा उक्त कुरा बताएका हुन्।
‘नेपालमा लेखेरै जीवन निर्वाह गर्न कठिन भइरहेको अवस्थामा ऐंठनले पाठकबाट प्रशस्त माया, स्नेह पाएको छ। मदन पुरस्कार प्राप्त गरिसकेपछि मलाई पूर्णकालीन लेखक नै बन्नका लागि जिम्मेवारी बोध भएको छ,’ उनले भने।
कार्यक्रममा बोल्दै ओझाले नेपालमा भएको परिवर्तन द्वन्द्वले गरेको हो भनिरहँदा द्वन्द्वबाट प्रभावितहरूको पक्षबाट सोच्नुपर्ने बताए।
गृह नगरमा सम्मानित हुँदा उनले खुसी व्यक्त गरे ।
मिडिया प्रालिका अध्यक्ष टोपप्रकाश विकको अध्यक्षतामा भएको कार्यक्रममा ओझालाई सम्मान पत्र, दोसल्लासहित सम्मान गरिएको थियो।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष एवं हाम्रोपत्रका प्रधान सम्पादक योगेश रावलले ऐंठन सशस्त्र द्वन्द्वको एउटा दस्ताबेज भएको बताए।

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन

लेक लाग्ने समस्याको व्यवस्थापनसम्बन्धी मापदण्ड स्वीकृत

महँगीविरुद्ध फ्रान्समा ६ लाखभन्दा धेरै मानिसको प्रदर्शन
अरुपनि पढ्नुहोस
सबै
इरानमाथि आक्रमण गर्नेबारे राष्ट्रिय सुरक्षा टोलीसँग ट्रम्पको छलफल

हेगसेथ र रुबियोले पद नछाड्ने ह्वाइट हाउसको दाबी

आजदेखि बुटवलमा दीपावली सडक खाना महोत्सव : तयारी पूरा

विश्व बैङ्कको सहयोगमा सडक निर्माण
















