थारु समुदायको जाजय माग राज्यले पुरा गर्नुपर्छ : सांसद चौधरी

नवलपुर टुडे


नवलपरासी, मंसिर २ । नेपाली कांग्रेसका नेता एवंम् संघीय सांसद विनोद चौधरीले थारु समुदायको हकहितका लागि राज्यले थप ध्यान दिनुपर्ने बताउनुभएको छ ।
नवलपरासीका थारु अगुवा समुदायसंग आज नवलपरासीमा आयोजीत छलफल कार्यक्रममा सांसद चौधरीले यस्तो बताउनुभएको हो ।
नेपालको हरेक परिवर्तनमा ईतिहासदेखि बर्तमान अवस्थासम्म आईपुग्दा थारु समुदायको महत्वपुर्ण भुमीका रहेको उल्लेख गर्दै सांसद चौधरीले थारु समुदायको जाजय माग पुरा गर्न राज्य लाग्नुपर्ने बताउनुभयो । “यहाँ तपाईहरुले जति पनि विषय उठाउनुभएको छ, म गम्भीर छु । यसका लागि सबैतर्फबाट मैले भूमिका खेल्नेछु ।” वहाँले भन्नू भयो ।
थारु समुदायको उत्थान र उनीहरुको समग्र समस्याका बारेमा गहन छलफल भएको भन्दै चौधरीले भन्नुभयो, ” मैले उहाँहरुले उठाउनुभएका विषय सम्बोधनका लागि संसद र सरोकारवाला निकायमा गम्भीर रुपमा उठान गर्नेछु । तपाईंहरुसङ्गै म पनि अगाडि बढ्नेछु ।”

थोरङ्ला पास हुँदै आठ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

काभ्रेमा दुई दिनमा ७६ विदेशी नागरिक पक्राउ, ठूलो सङ्ख्यामा डिजिटल उपकरण बरामद

पाकिस्तानमा २२ आतङ्ककारी मारिएको सेनाको दाबी

बंगलादेशमा हिंसा र आगजनी चर्कियो, मोहम्मद युनुसको पुर्ख्यौली घर र प्रहरी चौकीमा आगजनी

इमरान खानको सुरक्षाका लागि छोराले गुहारे विश्व समुदायलाई
अरुपनि पढ्नुहोस
सबै
नेपाल धितोपत्र बोर्डले सार्वजनिक गर्यो वैकल्पिक लगानी कोष नियमावलीको मस्यौदा

ट्रम्प र सीबिचको द्विपक्षीय बैठक सम्पन्न, के-के भयो कुराकानी ?

१३ वर्षको प्रतीक्षापछि आएको ‘जीटीए ६’ कस्तो गेम हो, जसले विश्वमै चर्चा बटुलिरहेको छ ?

शक्तिशाली चक्रवात ‘अक्वान’ भोलि तटमा ठोक्किने, भारतका तीन राज्यमा उच्च सतर्कता
















