बंगलादेशमा हिंसा र आगजनी चर्कियो, मोहम्मद युनुसको पुर्ख्यौली घर र प्रहरी चौकीमा आगजनी

एजेन्सी

सारांश
- बंगलादेशमा प्रतिबन्धित अवामी लीगको प्रदर्शन र झडपका क्रममा हिंसा तथा आगजनीका घटनाहरू बढेका छन्।
- अन्तरिम सरकारका पूर्वमुख्य सल्लाहकार मोहम्मद युनुसको पुर्ख्यौली घरमा आगजनी गरिए पनि कुनै मानवीय क्षति भएको छैन।
- शान्तिसुरक्षा कायम गर्न सुरक्षाकर्मीहरूद्वारा देशका विभिन्न स्थानमा व्यापक परिचालन गरी ५०० भन्दा बढीलाई पक्राउ गरिएको छ।

ढाका । बंगलादेशमा हिंसा र आगजनीका घटनाहरू बढेका छन् । प्रतिबन्धित दल अवामी लीगले आह्वान गरेको देशव्यापी लकडाउन र विरोध प्रदर्शनका क्रममा विभिन्न स्थानमा तनाव चर्किएको छ । पूर्वप्रधानमन्त्री शेख हसिनाका समर्थक र प्रहरीबिच झडपसमेत भएको जनाइएको छ ।
शेख हसिना डिसेम्बरमा स्वदेश फर्किन सक्ने चर्चासँगै राजनीतिक तनाव चुलिएको छ । अवामी लीगका समर्थकहरूको प्रदर्शन र पक्राउ पर्ने क्रम पनि तीव्र बनेको छ ।
यसैबीच, नोबेल पुरस्कार विजेता तथा अन्तरिम सरकारका पूर्वमुख्य सल्लाहकार प्राध्यापक मोहम्मद युनुसको पुर्ख्यौली घरमा बुधवार राति आगजनी गरिएको छ । चटगाउँको पाँचलाइश क्षेत्रमा रहेको उक्त घरमा राति करिब ११:३० बजे आगलागी भएको पाँचलाइश प्रहरी चौकीका इन्चार्ज मोजम्मेल हकले बीबीसीलाई पुष्टि गरे । घटनामा कुनै मानवीय क्षति भने भएको छैन ।
घटना हुँदा घरको सुरक्षाका लागि तीन जना प्रहरी तैनाथ थिए । अधिकारीका अनुसार ठुलो आकारको उक्त घरको एउटा भागमा मोहम्मद युनुसका परिवारका सदस्य बस्दै आएका छन् भने अर्को भाग खाली छ । प्रारम्भिक अनुसन्धानमा खाली भागको भुइँतलामा मट्टीतेल वा पेट्रोल छर्केर आगो लगाइएको आशङ्का गरिएको छ ।
ढाका मेट्रोपोलिटन पुलिस (डीएमपी) ले पछिल्लो २४ घण्टामा ५३७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वशिक्षामन्त्री नुरुल इस्लाम नाहिद तथा प्रतिबन्धित सङ्गठन अवामी लीगका १०७ जना सदस्य रहेका छन् । शान्तिसुरक्षा र कानुन व्यवस्था कायम राख्न ढाका, चटगाउँ, नारायणगन्ज, गाजीपुर, गोपालगन्ज, मैमनसिंह र फरीदपुरमा बोर्डर गार्ड बंगलादेश (बीजीबी) का ९६ प्लाटुन परिचालन गरिएको छ ।
प्रतिबन्धित अवामी लीगका गतिविधि जारी रहेकै क्रममा बिहीबार बिहान ११ देखि १२ बजेको बिचमा मुक्सुदपुर प्रहरी चौकीमा आक्रमण भएको छ । आक्रमणकारीहरूले चौकीमा आगो लगाउनुका साथै कैयौँ सवारीसाधनसमेत जलाइदिएको मुक्सुदपुर सर्कलका सहायक प्रहरी अधीक्षक सुबीर कुमार साहा ले बीबीसी बङ्ग्लालाई जानकारी दिए । उक्त घटनामा पनि कोही घाइते वा हताहत नभएको उनले बताए ।
सहायक प्रहरी अधीक्षक साहाका अनुसार आक्रमणअघि चौकीमा करिब ९५ जना प्रहरी थिए । आक्रमणकारीहरूलाई रोक्ने प्रयास गरिए पनि सङ्ख्या धेरै भएकाले प्रहरी पछि हट्न बाध्य भएको थियो । आक्रमणकारीको पहिचान खुल्न सकेको छैन र प्रहरीले सीसीटीभी तथा भिडियो फुटेजका आधारमा अनुसन्धान अघि बढाएको छ ।
यसैबीच, प्रधानमन्त्री तारिक रहमानले अवामी लीगका मानिसहरू भागेपछि पनि आगजनी र हिंसात्मक गतिविधिमा संलग्न रहेको टिप्पणी गरे । देशका विभिन्न भागमा भएका तोडफोड र आक्रमणप्रति प्रतिक्रिया दिँदै उनले बिहीबार लालमोनिरहाट सदरको महेन्द्रनगरमा एक नहर पुनर्निर्माण कार्यक्रमको उद्घाटनका क्रममा यस्तो बताएका हुन् ।

बंगलादेशमा हिंसा र आगजनी चर्कियो, मोहम्मद युनुसको पुर्ख्यौली घर र प्रहरी चौकीमा आगजनी

इमरान खानको सुरक्षाका लागि छोराले गुहारे विश्व समुदायलाई

नेपाल धितोपत्र बोर्डले सार्वजनिक गर्यो वैकल्पिक लगानी कोष नियमावलीको मस्यौदा

ट्रम्प र सीबिचको द्विपक्षीय बैठक सम्पन्न, के-के भयो कुराकानी ?

१३ वर्षको प्रतीक्षापछि आएको ‘जीटीए ६’ कस्तो गेम हो, जसले विश्वमै चर्चा बटुलिरहेको छ ?
अरुपनि पढ्नुहोस
सबै
शक्तिशाली चक्रवात ‘अक्वान’ भोलि तटमा ठोक्किने, भारतका तीन राज्यमा उच्च सतर्कता

उपभोक्तालाई स्वच्छ मासु उपलब्ध गराउन सरकारले सक्रियता बढाउँदै

आन्तरिक एकता कमजोर हुँदा निर्वाचनमा पराजय भोग्नुपरेको उपाध्यक्ष थापाको निष्कर्ष

तीन महिनामा ४५ आगलागीका घटना, १७ करोड बढीको क्षति
















