नवलपुरको कावासोतीमा प्रथम नवलपुर मगर सांस्कृतिक तथा व्यापार महोत्सव सुरु (तस्बिरसहित)

नवलपुर टुडे


नवलपुर, मंसिर १ गते । नवलपुरको कावासोतीमा प्रथम नवलपुर मगर सांस्कृतिक, कृषि, पर्यटन तथा व्यापार महोत्सव सुरु भएको छ । नेपाल मगर सङ्घ, नवलपुरको आयोजनामा सुरु भएको महोत्सव मङ्सिर ११ गतेसम्म चल्ने आयोजकले जनाएको छ । महोत्सवको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले उद्घाटन गर्नुभयो ।
जिल्लामा पहिलो पटक भएको महोत्सवमा मगरहरूको कला, संस्कृति, भाषा, भेषभुषाको संरक्षणका साथै स्थानीय उत्पादनको प्रदर्शनी र कृषि, पर्यटनको विकासमा टेवा गर्ने नेपाल मगर सङ्घ जिल्ला समन्वय समिति नवलपुरका सचिव नम्सु मगरले बताउनुभयो । महोत्सवमा एकसय ५० वटा स्टल राखिएको छ । महोत्सवलाई विशेष झल्को दिनका लागि मगरहरूको पहिचान झल्कने प्रवेशद्वार, मगरहरूले परापूर्वकालमा प्रयोग गर्ने घरका नमुना, भाँडाकुँडाको प्रदर्शनी कक्ष राखिएको छ ।
त्यस्तै, मगर संस्कृतिभित्रको कौराहा (कान्राह) नाच प्रतियोगिता पनि हुनेभएको छ । आयोजकका अनुसार यो नै अहिलेसम्मकै सबैभन्दा ठुलो धनराशिको राष्ट्रिय प्रतियोगिता हो । जसको प्रथम पुरस्कार एक लाख रुपियाँ, दोस्रो पुरस्कार ६० हजार र तेस्रो पुरस्कार ४० हजार रहेको महोत्सवका सांस्कृतिक संयोजक देव गाहा मगरले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट १५ टोलीको सहभागिता रहनेछ । विधिवत् रूपमा नचाइने कौराहा नाचको सुरुवात नै मगर समुदायको बाहुल्यता रहेको गण्डकी प्रदेशबाट भएको मानिन्छ ।
महोत्सवमा नवलपुर कल्चरल डान्स आइडलको रूपमा सबै जातजातिका सांस्कृतिक नाचहरू पनि प्रतियोगिताको रूपमा समावेश गराइने महोत्सवमा सांस्कृतिक संयोजक मगरले जानकारी दिनुभयो । त्यस्तै, महोत्सवमा लोपोन्मुख अवस्थामा रहेका सोरठी, घाटु र झ्याम्रे नाच पनि देखाइने आयोजकको भनाइ छ ।












कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















