मेयर भए महल बनाउने नक्सा पास रोक्थें: उपसभामुख इन्दिरा राना

नवलपुर टुडे


काठमाडौं, मंसिर १ । उपसभामुख इन्दिरा रानाले नेपालमा ठूला महल बनाउन दिन नहुने बताएकी छन् । हरेक व्यक्तिले घर बनाउँदै जाँदा खेतीका लागि जग्गा बाँकी नरहने भन्दै उनले आफू मेयर भएको भए महल बनाउने नक्सा पास रोकिदिने समेत बताइन् । विश्व शौचालय दिवसको अवसरमा शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा उपसभामुख रानाले भनिन्, ‘महल बनाउनका लागि जो नक्सा पास गर्न आउँछन् नि त्यो म मेयर भए रोकिदिन्थें ।
सबैले घर बनाउँदै जाने दुई-तीन जनाका लागि भने कहाँ बच्छ ? सबै जंगल फाँड्छन् । खानलाई पनि पुग्दैन जस्तो लाग्छ, विश्वको अवस्था हेर्ने हो भने ।’ उनले नेपालमा राम्रो काम गर्दा असहयोग गर्ने परिपाटी रहेको गुनासोसमेत गरिन् । आफूले कोरोनाको बेलामा समस्यामा परेकाहरुलाई खाना खुवाउँदा विरोध सहनु परेको भन्दै उनले भनिन्, ‘कोरोनाको बेलामा मैले खाना खुवाउँदा दरबारमार्गमा फोहोर भयो भनेर बिरोध गरे । मैले खाना खानेहरुलाई पनि बोलाएर त्यहीँ बेस्करी सफा गरेको छु । दरबार स्क्वाएरमा पानीका कारण मोटरबाइक आउनलाई गाह्रो भयो भनेर मलाई गाली ग¥यो । केही गर्दा नहुने के यो देश, केही गर्दा नहुने ।’
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पनि विदेशी फूललाई प्रतिबन्ध लगाएको र निःशुल्क शौचालयको थप व्यवस्था गर्न खोज्दा होटल व्यवसायीहरुले नमानेको आरोप पनि उनले लगाइन् । ‘विदेशी फूललाई ब्याण्ड गर्नुभयो, बालेन्द्र साहले तर यता नेपालीले मालाको मूल्य नै बढाए । बालेन साह मेयर बनेपछि नयाँ काम शुरु गर्नुभएको थियो तर कतिपय होटलले मानेनन्,’ उनले भनिन् ।

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न
अरुपनि पढ्नुहोस
सबै
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
















