कोरला नाका सञ्चालनमा आएसँगै मुस्ताङवासीमा उत्साह

नवलपुर टुडे


मुस्ताङ, कात्तिक २७ गते । चार वर्षदेखि बन्द रहेको मुस्ताङको कोरला नाका आज (सोमबार)देखि नियमित रुपमा सञ्चालनमा आएपछि माथिल्लो मुस्ताङमा उत्साह छाएको छ । सोमबार बिहान १० बजेदेखि औपचारिक रुपमा कोरला नाका सञ्चालनमा ल्याइएको हो । नाका सञ्चालनमा आएसँगै माथिल्लो मुस्ताङका लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका स्थानीयहरुले सस्तोमा चिनियाँ सामान आयत गर्न पाएपछि खुसी भएका छन् ।
कोराेना महामारीका कारण नाका बन्द हुँदा माथिल्लो मुस्ताङका स्थानीयहरुको दैनिक जनजीवन प्रभावित बनेको थियो । यहाँ प्रायजसो चीनका सामानहरु उपभोग गरिन्छ । पोखरा, बेनी हुँदै माथिल्लो मुस्ताङ पुगेका सामान तेब्बर महँगाे हुन्छ । नाका सञ्चालन भएसँगै दैनिक उपभोग्य वस्तुहरु, लत्ताकपडा र निर्माण सामग्री सुलभ दरमा आयत हुने लोमान्थाङ गाउँपालिकाका उपाध्यक्ष छयुमी बिष्ट गुरुङले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘विगत चार वर्षदेखि नाका पूर्णरुपमा बन्द हुँदा माथिल्लो मुस्ताङका स्थानीयहरुको दैनिक जनजीवन कष्टकर बन्यो । सामानहरु धेरै महँगाे मूल्य तिरेर ल्याउनुपर्ने बाध्या थियो । अब नाका नियमित रुपमा सञ्चालनमा आएसँगै चीनतर्फबाट धेरै सस्तोमा सामान ल्याउन पाइने भएको छ ।’’ नाका सञ्चालन भएसँगै माथिल्लो मुस्ताङका स्थानीयहरु खुसी भएको उहाँको भनाइ छ ।
लोमान्थाङका र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका स्थानीयहरुका लागि सञ्चालन हुने नाकामा आवतजावतका लागि अनुमतिपत्र वितरण गरिएको छ । अनुमति पत्रका आधारमा माथिल्लो मुस्ताङका सर्वसाधारणहरु कोरला नाकामा आवतजावत गर्न पाउँछन् ।
नाका सञ्चालनमा आएपछि स्थानीयहरु उत्साहित भएको लोमान्थाङ गाउँपालिका वडा नम्बर २ भार्चाका वडाध्यक्ष कर्म नामगेल गुरुङले बताउनुभयो । सोमबार नाकाबाट दैनिक उपभोग्य वस्तुहरु आयत भएको उहाँको भनाइ छ । चीन सरकारको सहयोगमा कोरला नाकामा अस्थायी भन्सार कार्यालय र शसस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) का लागि संरचना निर्माण गरिएको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















