सामूहिक भाइटीका गर्दै पोखरा महानगर

जगत ठाडा मगर


पोखरा , कात्तिक २७ गते । तिहारको अवसरमा पोखरा महानगरपालिकाले यस वर्षदेखि सामूहिक भाइटीका कार्यक्रम गर्ने भएको छ । पोखरा–११ रामघाटस्थित गीता मन्दिर परिसरमा तिहारको अन्तिम दिन अर्थात् कात्तिक शुक्ल द्वितीयामा पर्ने भाइटीका दिन सामूहिक भाइटीका कार्यक्रम राखिएको हो । पोखरा महानगरपालिका र गीता मन्दिर व्यवस्थापन समितिको संयोजनमा सामूहिक भाइटीका कार्यक्रम राखिएको जानकारी सामूहिक भाइटीका कार्यक्रमका संयोजक एवं पोखरा महानगरपालिका कार्यालयका अधिकृत लोकदर्शन कोइरालाले दिनुभयो ।
पोखराकै लब्धप्रतिष्ठित दिदीबहिनीको हातबाट आफ्ना दिदीबहिनी नभएका दाजुभाइ तथा घर टाढा भएर वा व्यस्तताका कारण आफ्नो घर जान नसक्ने दाजुभाइहरु सामूहिक भाइटीकामा सहभागी हुन सक्ने संयोजक कोइरालाले बताउनुभयो । भाइटीकाका दिन बिहान १०ः५१ देखि दिउँसो २ बजेसम्म सामूहिक भाइटीका कार्यक्रम रहने कोइरालाले बताउनुभयो । सामूहिक भाइटीकामा हालसम्म ४० जना दाजुभाइले नाम टिपाइसक्नुभएको छ, संयोजक कोइरालाले भन्नुभयो, “पोखरा महानगरपालिकाले पहिलोपटक यसरी सामूहिक भाइटीका कार्यक्रम आयोजना गरेको हो ।”
“एक सयजनाको सङ्ख्यामा दाजुभाइ सामूहिक भाइटीकामा सहभागी हुने अपेक्षा गरेका छौँ,” कोइरालाले भन्नुभयो, “गीता मन्दिरमा सामूहिक भाइटीकाको तयारी गरिसकिएको छ । यम पञ्चकको पाँचौँ दिन भाइटीका मनाउने गरिन्छ, दिदीबहिनीले दाजुभाइको दीर्घायुको कामना गर्दै मनाइने यो दिनको महत्वलाई बुझाउन विभिन्न किसिमका पौराणिक किंवदन्ती एवं ऐतिहासिक कथा सुन्ने गरिएको छ ।”
एउटा पौराणिक कथाअनुसार परापूर्वकालमा कात्तिक शुक्ल द्वितीयाको दिन मनाइने भाइटीकाले सूर्य पुत्री यमुनाले आफ्ना दाजु यमराजलाई टीका लगाएको कथा चर्चित छ । यस दिन यमुनाले यमलाई टीका लगाएपछि यमराजले बहिनी यमुनाको इच्छाअनुसार यस दिन दिदीबहिनीको हातबाट टीका लगाउनेलाई तेलको धारो नसुकेसम्म र मखमली फूल नओइलिएसम्म मृत्युवरण गर्नु नपर्ने आशीर्वाद दिएका थिए । सोही समयदेखि यो पर्व मनाउन थालियो । यस्तै किंवदन्तीका अनुसार कात्तिक शुक्ल द्वितीया विशेष कारणले महत्वपूर्ण छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















