जिल्ला प्रशासन कार्यालय नवलपुरले मर्यादित रुपमा तिहार मनाउन अनुरोध

नवलपुर टुडे


कावासोती, कात्तिक २५ गते । नेपालीको दोस्रो ठूलो चाड उज्यालोको पर्व दिपावली सुरुभएको छ । जिल्ला प्रशासन कार्यालयले तिहारमा पटका, भूइँचम्पा, आतसबाजीजस्ता विस्फोटक पदार्थ नपड्काइ मर्यादित रुपले तिहार मनाउन अनुरोध गरेको छ । तिहारमा रमाइलोको नाममा कुनै पनि किसिमको पटका वा पटकाजन्य पदार्थ प्रयोग नगर्नसमेत आग्रह गर्दै अटेर गरेमा कानुनबमोजिम कारबाही गर्ने चेतावनीसमेत जिल्ला प्रशासन कार्यालय नवलपुरले दिएको छ ।
यसैगरी नवलपुरमा राति ९ बजेपछि देउसी, भैलो खेल्न निषेध गरिएको छ । सामाजिक तथा धार्मिक सद्भाव कायम गर्दै चाडपर्व सभ्य, सुरक्षित र मर्यादित रुपमा मनाउन अनुरोध गरिएको छ । प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठद्वारा जारी विज्ञप्तिमा मदिरा तथा मदिराजन्य पदार्थको सेवन गरी सार्वजनिक स्थानमा होहल्ला र झैझगडा नगर्न उल्लेख गरेको छ । त्यस्तै जुवातास, लङ्गुरबुर्जा, कौडा सट्टेबाजीलगायतका जुवाजन्य खेल खेल्ने खेलाउने र कानुनले निषेध गरेको कुनै प्रकारका काम नगर्न सूचनामा भनिएको छ ।
जिल्लाभरी पटाकालगायत प्रज्ज्वलनशील पदार्थको ओसारपसार नगर्न तथा नपड्काउनसमेत रोक लगाएको छ । सूचनामा उल्लेखित विषयको पालना नगरे प्रचलित कानुनअनुसार कारबाही हुने प्रशासनले जनाएको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















