भूकम्पमा परेर घाइते भएका नगर प्रहरी विष्टको उपचारका क्रममा मृत्यु

नवलपुर टुडे
२०८० कार्तिक २४ | मध्यान्ह १२:०७ बजे

जाजरकोट, कार्तिक २४ । गत शुक्रबार राती गएको भूकम्पमा परेर घाइते भएका रुकुम पश्चिमका थप एक जनाको मृत्यु भएको छ ।
चौरजहारी नगरपालिका-१, घारीगाउँका निरोज विष्टको उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईका अनुसार कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचाररत विष्टको मृत्यु भएको हो ।
विष्ट चौरजहारी नगरपालिकामा नगर प्रहरी पदमा कार्यरत थिए । योसँग भूकम्पमा परेर रुकुम पश्चिममा मृत्यु हुनेको संख्या ५३ जना पुगेको छ ।























