लुम्बिनीका कर्मचारीले भूकम्प पीडितलाई आर्थिक सहयोग गर्ने

जगत ठाडा मगर


बुटवल । लुम्बिनी प्रदेशमा कार्यरत कर्मचारीहरूले भूकम्प पीडितहरूलाई आर्थिक सहयोग गर्ने भएका छन् । भूकम्पबाट प्रभावित जाजरकोट र रुकुम पश्चिमका लागि रकम दिने भएका हुन् । लुम्बिनी प्रदेशमा कार्यरत कर्मचारीले एकदेखि तीन दिनसम्मको पारिश्रमिक रकम भूकम्प प्रभावित क्षेत्रका लागि दिने निर्णय गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनीका उपसचिव यमकान्त पाण्डेले जानकारी दिए ।
प्रमुख सचिवको अध्यक्षतामा बसेको बैठकले एघारौँ तह वा सोभन्दा माथिका कर्मचारीहरूले तीन दिनको तलब, अधिकृत छैटौँदेखि दसौँ तह वा सो सरहसम्मका कर्मचारीले दुई दिनको तलब र सहायक स्तर र तह विहीन कर्मचारीहरूले एक दिनको तलब भूकम्प पीडितहरूका लागि उपलब्ध गराउने निर्णय भएको उनले जानकारी दिए ।
उक्त रकम कर्णाली प्रदेश सरकारको विपद् व्यवस्थापन कोषमा उपलब्ध गराउने निर्णय गरिएको प्रमुख सचिव राधिका अर्यालले जानकारी दिइन् । गत शुक्रबार गएको भूकम्पले कर्णाली प्रदेशको जाजरकोट, रुकुम पश्चिममा माननीय तथा भौतिक क्षति पुर्याएको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















