मुख्य समाचार

भूकम्प प्रभावितका लागि राहत सामाग्री लिएर आएको दुई चिनियाँ जहाज पोखरामा अवतरण

नवलपुर टुडे
२०८० कार्तिक २२ | बिहान १०:०७ बजे

पोखरा, कार्तिक २२ । भूकम्प प्रभावितका लागि चीन सरकारले प्रदान गरेको राहत सामग्रीसहित चिनियाँ जहाज पोखरामा अवतरण भएको छ । आज बिहान चिनियाँ सेनाका दुई जहाज राहत सामग्रीसहित पोखरा विमानस्थलमा अवतरण भएका हुन् । 

यहाँबाट नेपाली एयरलाइन्स कम्पनीले कर्णाली लैजाने छ । चिनियाँ राजदूत छन सोङले आज उक्त समान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई  हस्तान्तरण गर्नेछन् । 

चीनले १० करोड बराबरको सामग्री सहयोग गर्ने घोषणा यसअघि नै गरेको छ । 

कमेन्टहरु