बुटवल उपमहानगरद्वारा नलगाडका पीडितलाई राहत सामग्री हस्तान्तरण

जगत ठाडा मगर


बुटवल । बुटवल उपमहानगरपालिकाले जाजरकोटको नलगाड नगरपालिकामा पुगेर भूकम्प प्रभावित क्षेत्रका बासिन्दाका लागि राहत सामग्री हस्तान्तरण गरेको छ। मंगलबार नलगाड पुगेको बुटवल उपमहानगरको टोलीले कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहलाई उक्त सामग्री हस्तान्तरण गरेको हो ।
राहत सामग्री लिएर उपमहानगरपालिकाबाट सुरेन्द्रबहादुर कार्की, दीपक राना तथा पत्रकारद्वय ललित पाण्डे र कपिल अधिकारी नलगाड पुगेका हुन्। आइतबार बसेको विपत् व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार बुटवल उपमहानगरपालिकाले आइतबार राति पठाएको चामल, दाल, तेल, नुन, सोयाबिन, ब्ल्यांकेट र म्याट गरी एक ट्रक सामान मंगलबार हस्तान्तरण गरिएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए।
प्रमुख पाण्डेयले उपमहानगरपालिकाले २५ लाख रुपैयाँ, जनप्रतिनिधिले थप पाँच लाख रुपैयाँ र कर्मचारीको तर्फबाट समेत सहयोग गर्ने निर्णयअनुसार प्रभावित क्षेत्रमा खाद्यान्न र लत्ताकपडा पठाइएको बताए। उनले बुटवलभित्रका संस्थाहरूलाई एकद्वार प्रणालीमार्फत राहत सामग्री पठाउने व्यवस्था भएकाले सोहीअनुसार गर्नका लागि आह्वान गरेका छन् । त्यसका लागि उपमहानगरपालिकाले विपत् शाखा प्रमुख योगेश चापागाईंलाई फोकल पर्सन तोकेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुसालले जानकारी दिए।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















