कम्बोडियामा ओलीको ३ अर्ब लगानी रहेको पुष्टि गर्न प्रसाईलाई नेपाल प्रहरीको चेतावनी

जगत ठाडा मगर


काठमाडाै । नेपाल प्रहरीले बि एण्ड सी मेडिकल अस्पताल सन्चालक दुर्गा प्रसाईसँग पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा ३ हजार करोड लगानी गरेको पुष्टि गर्न चुनौती दिएको छ। प्रहरीले उनलाई ओलीमाथि सार्वजनिकरुपमा लगाएका आरोपको पुष्टि हुने केही आधार भए उपलब्ध गराउन माग गरेको छ।
यसअघि प्रहरीले पटक पटक आग्रह गर्दा उनले विभिन्न वहाना गरेर उम्किन खोजेपछि आईजीपी वसन्त कुँवर आफैंले उनलाई फोन गरेर आरोप प्रमाणित गर्न वा कानून बमोजिम कारवाहीको भागिदार बन्न प्रहरीसमक्ष उपस्थित हुन भनेका थिए । त्यसपछि प्रसाईले आइतवार केन्द्रीय साइबर ब्यूरोमा गएर प्रारम्भिक वयान दिएका छन् । उनलाई प्रहरीले अरु नेता र विभिन्न व्यवसायीको चरित्रहत्या गर्ने ढंगले सार्वजनिक रुपमा घृणास्पद अभिव्यक्ति दिएको विषयमा पनि अनुसन्धान अघि बढाएको छ ।
प्रसाईले केही दिनअघि ओलीले कम्बोडियाको टेलिकममा ३० अर्ब लगानी गरेको बताएका थिए ।

झापाको दमकस्थित भाट–भटेनी सुपर स्टोर शनिबारदेखि पुनः सञ्चालनमा आउने

भेडा तथा बाख्रापालन व्यवसायमा आर्थिक रूपमा आत्मनिर्भर बनाउने कार्यक्रम तयारी

हरिबोधिनी एकादशीः देशभरका नारायण मन्दिरमा भक्तजनको लाम

प्यारापाइलट उत्पादन गर्न माछापुच्छ्रेमा खुल्यो प्याराग्लाइडिङ स्कुल

बोलेरो दुर्घटनामा एक महिलाको मृत्यु, ९ जना घाइते
अरुपनि पढ्नुहोस
सबै
श्रीराम जानकी विवाहपञ्चमीको तयारी तीव्र, विभिन्न उपसमिति गठन

आज पहाडमा आंशिक बादल, तराईमा हुस्सु

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आज हरिबोधिनी एकादशी: तुलसी र भगवान् विष्णुको विवाह गरिँदै
















