तिहारमा जुवा, तास, खडखडे नखेल्नु र नखेलाउनु: जिल्ला प्रशासन कार्यालय चितवन

जगत ठाडा मगर


चितवन, कात्तिक १९ । जिल्ला प्रशासन कार्यालय चितवनले तिहारमा जुवा, तास, खडखडे नखेल्नु र नखेलाउन अनुरोध गरेको छ । प्रशासनले आज एक सूचना जारी गर्दै यस वर्षको तिहार, छठ र नेपाल सम्बत्लाई शिष्ट र मर्यादित बनाउन सो सूचना जारी गरेको हो ।
सूचनामा पटका, भूईचम्पालगायतका बिस्फोटक पदार्थ उत्पादन, भण्डारण, बिक्री बितरण, परिवहन र पैठारी नगर्न भनेको छ । देउँसी भैलो बेलुकी ९ बजेसम्म गर्न र जुवा, तास, कौडा, सट्टेबाजी, खडखडेलगायतका नखेल्ने, नखेलाउन आव्हान गरेको छ । त्यसैगरी चितवनमा मदिरा र मदिराजन्य बस्तुको बिक्री बितरण राति ९ बजेसम्म अनुमतिप्राप्त व्यवसायीहरुबाट मात्र गर्न र स्वीकृति नलिई चिठ्ठा, उपहारका कार्यक्रम नगर्न पनि प्रशासनले अनुरोध गरेको छ ।
प्रशासनको सूचनामा कुनै पनि कार्यक्रम गर्दा सामाजिक शिष्टाचार कायम गर्दे व्यापारीहरुले पसलमा अनिवार्य मूल्यसूची राख्न पनि निर्देशन दिएको छ । यदि कानुन विपरितका गतिविधि गरे स्थानीय प्रशासन ऐन–२०२८ बमोजिम कारबाही हुने सूचनामा उल्लेख छ ।


झापाको दमकस्थित भाट–भटेनी सुपर स्टोर शनिबारदेखि पुनः सञ्चालनमा आउने

भेडा तथा बाख्रापालन व्यवसायमा आर्थिक रूपमा आत्मनिर्भर बनाउने कार्यक्रम तयारी

हरिबोधिनी एकादशीः देशभरका नारायण मन्दिरमा भक्तजनको लाम

प्यारापाइलट उत्पादन गर्न माछापुच्छ्रेमा खुल्यो प्याराग्लाइडिङ स्कुल

बोलेरो दुर्घटनामा एक महिलाको मृत्यु, ९ जना घाइते
अरुपनि पढ्नुहोस
सबै
श्रीराम जानकी विवाहपञ्चमीको तयारी तीव्र, विभिन्न उपसमिति गठन

आज पहाडमा आंशिक बादल, तराईमा हुस्सु

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आज हरिबोधिनी एकादशी: तुलसी र भगवान् विष्णुको विवाह गरिँदै
















