मुख्य समाचार, सुदुरपश्चिम प्रदेश
डोटीमा भएको जिप दुघर्टना प्रति सुदूरपश्चिम प्रदेश सरकारद्धारा दुःख व्यक्त


बाजुरा, कार्तिक १९ । गएराती डोटीमा भएको जिप दुघर्टना प्रति सुदूरपश्चिम प्रदेश सरकार द्धारा दुःख व्यक्त गरेको छ। आइतवार एक शोक वक्तव्य जारी गर्दै प्रदेश सरकारले घटना प्रति दुःख व्यक्त गरेको हो । धनगढीबाट बाजुरा आँउदै गरेको जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने चालक सहित ६ जना घाइते भएका छन्।
धनगढीबाट बाजुरा जाँदै गरेको जिप शनिवार राति २ बजेर १८ मिनेटमा मा केआई सिंह राजमार्ग अन्तर्गत डोटीको शिखर नगरपालिका वडा नम्बर९६ अण्यौलमा दुर्घटना भएको हो। २१ वर्षीय चालक महेश बुढाले चलाएको ग २ च २७७६ नम्बरको बोलेरो जिप सडकबाट अनियंत्रित भएर अन्दाजी ५०/६० मिटर तल सेती नदीमा खसेको थियो । दुघर्टनाबाट ज्यान गुमाएका प्रति श्रद्धा व्यक्त गर्नुका साथै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समबेदना प्रकट गर्दै परिवाजनमा इश्वरले धैर्य धार्ण गर्ने शक्ति प्रदान गरोस् प्रदेश सरकारका मुख्य मन्त्री कमल बहादुर शाहद्धारा हस्ताक्ष्रित शोक वक्तव्यमा उल्लेख छ । यो संगै घाइतेहरुको शिघ्र स्वास्थ्य उपचारका लागि स्थानीय प्रशासनलाई निर्देशन पनि शोक वक्तव्य मार्फत दिइएको छ।
दुर्घटना परि बाजुराको हिमाली गाउँपालिका- ५ कि २२ वर्षीया राधिका मलाल, सोही ठाउँकी ३२ वर्षीया धनशोभा बुढा, मृतक धनशोभाका ६ वर्षीय छोरा कविन्द्र बुढा र दुर्घटनामा परि गम्भीर घाइते भएकी विमला मलालकी अन्दाजी ८ महिनाकी छोरी प्रार्थना मलाल रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर हिमाली गाउँपालिका वडा नम्बर९५ का ३० वर्षीय प्रकाश बहादुर बुढा थापा, सोही ठाउँ बस्ने २३ वर्षीय खेमबहादुर मलाल, २४ वर्षीय दानबहादुर बुढा, २१ वर्षीया विमला मलाल र २१ वर्षीय राजबहादुर मलाल घाइते भएको प्रहरीले जनाएको छ।
घाइते मध्ये चार जनाको अवस्था माध्यम छ भने विमला मलालको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुर्घटना भएको थाहा पाउने बित्तिकै प्रहरी सहायक निरीक्षक विपिन भण्डारीको कमान्डमा खटिएको ६ जनाको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि शैलेश्वरी अस्पताल डोटीमा पठाएको छ भने सामान्य घाइते रहेका चालक महेश बुढालाई नियन्त्रणमा लिइएको उद्धारमा खटिएका प्रहरी सहायक निरीक्षक विपिन भण्डारीले बताए । घटनास्थलमा राति ३ बजे नै डोटी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षकसहित १५ जनाको प्रहरी टोली पुगेर घाइतेको उद्धार गर्ने र मृतकको पहिचान गरिएको डोटी प्रहरीले जनाएको छ।
























