Opens in a new tab

मंगलवारको संसद् बैठकमा राष्ट्रिय मर्यादासम्बन्धी विधेयक पेस हुने

नवलपुर टुडे

29Shares
फाइल तस्बिर
dida bag ad

काठमाडौँ । विधायन व्यवस्थापन समितिले बनाएको उपसमितिको बैठकले राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ मंगलवारको संसद् बैठकमा प्रस्तुत गर्ने निर्णय गरेको छ । सोमवार सिंहदरबारमा बसेको समितिको बैठकमा उपसमितिले विधेयक प्रस्तुत गरेसँगै समितिको बैठकमा छलफल गरी यस्तो निर्णय गरेको हो ।

बैठकले मंगलवार बस्ने राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ माथिको प्रतिवेदन बैठकमा प्रस्तुत गर्ने निर्णय गरेको समिति सभापति जयन्तीदेवी राईले बताइन् । राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ माथि समितिमा आज छलफल भएको हो । छलफलपछि समितिका निर्णय सुनाउँदै उनले यो विधेयक अगाडि नै आउनुपर्ने भए पनि ढिलो गरेर भए पनि आएको बताइन् । उनले छलफल उपलब्धिमूलक भएको र विधेयकको प्रतिवेदन मंगलवारको संसद् बैठकमा पेस हुने बताइन् । 

समिति सभापति राईले विधेयकको छलफल सकारात्मक भएको बताइन् । 

अरुपनि पढ्नुहोस

सबै

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

२०८३ कार्तिक २० | मध्यान्ह ०१:०७ बजे

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन

२०८३ कार्तिक २० | बिहान ११:०७ बजे