प्रधानमन्त्री प्रचण्ड र राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता, [तस्बिर]

नवलपुर टुडे
२०८० कार्तिक १२ | मध्यान्ह ०३:०७ बजे

काठमाडौँ । चार दिने नेपाल भ्रमणमा आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता जारी छ । सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आइतबार अपराह्न प्रधानमन्त्री प्रचण्ड र महासचिव गुटरेसबीच भेटवार्ता भएको हो । दुई नेताबीचको भेटवार्तामा नेपालको शान्तिप्रक्रिया र जलवायु परिवर्तनबारे छलफल भइरहेको बुझिएको छ ।
यसअघि गुटरेसले आइतबार नै उपप्रधान तथा रक्षामन्त्री पुर्णबहादुर खड्का र परराष्ट्रमन्त्री एनपी साउदसँग सिंहदरवारमै भेटवार्ता गरेका थिए । प्रधानमन्त्री प्रचण्डसँगको भेटपछि गुटरेसले संसद भव नयाँ बानेश्वरमा पुर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा र केपी शर्मा ओलीसँग पनि छुट्टा छुट्टै भेटवार्ता गर्दैछन् ।
![प्रधानमन्त्री प्रचण्ड र राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता, [तस्बिर] pm-antonio-bhet (1)](https://npcdn.ratopati.com/media/news/pm-antonio-bhet-(1)_JUd2mvnVUe.jpg)
![प्रधानमन्त्री प्रचण्ड र राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता, [तस्बिर] pm-antonio-bhet (2)](https://npcdn.ratopati.com/media/news/pm-antonio-bhet-(2)_TpauVRDYAP.jpg)
![प्रधानमन्त्री प्रचण्ड र राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता, [तस्बिर] pm-antonio-bhet (3)](https://npcdn.ratopati.com/media/news/pm-antonio-bhet-(3)_3DdXOVvg7b.jpg)
![प्रधानमन्त्री प्रचण्ड र राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता, [तस्बिर] pm-antonio-bhet (4)](https://npcdn.ratopati.com/media/news/pm-antonio-bhet-(4)_ZoamhZsNhx.jpg)
![प्रधानमन्त्री प्रचण्ड र राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता, [तस्बिर] pm-antonio-bhet (5)](https://npcdn.ratopati.com/media/news/pm-antonio-bhet-(5)_o6eXTnX4AZ.jpg)
![प्रधानमन्त्री प्रचण्ड र राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता, [तस्बिर] pm-antonio-bhet (6)](https://npcdn.ratopati.com/media/news/pm-antonio-bhet-(6)_mvhnow37sE.jpg)
![प्रधानमन्त्री प्रचण्ड र राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता, [तस्बिर] pm-antonio-bhet (8)](https://npcdn.ratopati.com/media/news/pm-antonio-bhet-(8)_V0CQIPL5Vd.jpg)
![प्रधानमन्त्री प्रचण्ड र राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता, [तस्बिर] pm-antonio-bhet (9)](https://npcdn.ratopati.com/media/news/pm-antonio-bhet-(9)_o7oKhowLi4.jpg)






















