राजनीति

सिंहदरबारमा राष्ट्रसंघका महासचिव गुटेरस र परराष्ट्र मन्त्री साउदबीच भेटवार्ता

जगत ठाडा मगर
२०८० कार्तिक १२ | मध्यान्ह ०१:०७ बजे

काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनी गुटेरसले उच्चस्तरीय राजनतीक भेटघाट सुरु गरेका छन्।

आइतबार बिहान १ बजे नेपाल आइपुगेका महासचिव गुटेरसले परराष्ट्रमन्त्री एनपी साउदसँग भेटेर राजनीतिक भेटघाटको सुरुवात गरेका हुन्।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा आइतबार दिउँसो उनीहरूबीच १५ मिनेट मात्रै कुराकानी भएको हो। यो उनीहरूको शिष्टाचार भेटघाट हो।

कमेन्टहरु