कांग्रेसको चियापानमा प्रधानमन्त्रीले भने–परिवर्तनविरोधी प्रवृत्ति निस्तेज पार्छौँ

जगत ठाडा मगर


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख राजनीतिक दलहरू एक ठाउँमा उभिएर परिवर्तनविरोधी प्रवृत्तिलाई निस्तेज पारिने बताएका छन् । गणतन्त्र, संघीयता धर्मनिरपेक्षतालगायत परिवर्तनविरुद्ध प्रश्न उठाउने चेष्टा गरिएको उनले उल्लेख गरे । उनले भने, “योबीचमा मेरो दौडधुप पनि परिवर्तनका लागि विगतमा संघर्ष गरेका सबै राजनीतिक दलहरूलाई एकताबद्ध गर्नमा केन्द्रित छ ।”
शनिबार नेपाली कांग्रेसद्वारा पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित चियापान कार्यक्रममा उनले यस्तो बताएका हुन् । “यो चियापान संस्कृति बीपी कोइराला जीवितै हुँदा सुरु गरिएको संस्कृति हो । यसले आपसी एकता र सद्भाव वृद्धि गरेको छ,” उनले भने । चाडपर्वको अवसरमा आयोजित यस्ता कार्यक्रमले आपसी एकता अभिवृद्धि, राष्ट्रिय राजनीतिलाई स्थिरता, सहमति र सहकार्यको दिशातिर लैजाने र आउने दिनमा जनताको विकास र समृद्धिको अपेक्षा पूरा गर्ने विश्वास पनि उनले व्यक्त गरे ।
प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वमा सरकार बनेदेखि नै सबै राजनीतिक दलहरूका बीचमा सहमति बनाउने प्रयत्न भएको बताए । सरकारबाट लिइएका कूटनीतिक पहलका कारण संयुक्त राष्ट्रसंघका महासचिव र कतारका राजा नेपाल भ्रमणमा आउन लागेको उनले जानकारी गराए । यी भ्रमणहरू सरकारले लिएको कूटनीतिक सफलताको परिणाम भएको उनको भनाइ छ ।

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न
अरुपनि पढ्नुहोस
सबै
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
















