देश, मुख्य समाचार

आज राति खण्डग्रास चन्द्र ग्रहण लाग्ने

जगत ठाडा मगर
२०८० कार्तिक ११ | मध्यान्ह ०३:०७ बजे

काठमाडौँ । आज राति खण्डग्रास चन्द्रग्रहण लाग्ने ज्योतिषीहरूले बताएका छन्। विश्वका विभिन्न मुलुकबाट देखिने यो ग्रहण नेपालबाट पनि देखिनेछ।

आजको ग्रहण ३८ मिनेटसम्म नेपाली आकाशमा देख्न सकिने वाल्मीकि विद्यापीठकी उपप्राध्यापक रोदना घिमिरेले जानकारी दिइन्। स्पर्श, मध्य, मोक्ष र सर्वपर्व गरी ग्रहणको समयतालिका विभाजन गरिएको उनले बताइन् ।
 
स्पर्श राति १ बजे र १९ मिनेटसम्म, मध्य समय १ बजेर ५९ मिनेटसम्म, मोक्ष समय २ बजेर ३८ मिनेटसम्म र सर्वपर्व समय ७९ मिनेटलाई निर्धारण गरिएको छ। उनले ग्रहणको समयमा संक्रमित हुने भएकाले सावधानीपूर्वक रहनसमेत सुझाव दिएकी छन्।

396542422 7504192749604869 8152761580302731214 n

कमेन्टहरु