खेलकुद

त्रिदेशीय ट्वान्टी–२० शृङ्खलाको उपाधिका लागि आज नेपाल र युएईबिच प्रतिस्पर्धा

नवलपुर टुडे
२०८० कार्तिक १० | बिहान ०८:०७ बजे

काठमाडौँ । त्रिदेशीय ट्वान्टी–२० शृङ्खलाको उपाधिका लागि आज नेपाल र  युनाइटेड अरब इमिरेट्स (यूएई)बिच प्रतिस्पर्धा हुने भएको छ । बिहान ११ बजेदेखि कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र युएईबिच फाइनल खेल हुन लागेको हो।  नेपाल, युएई र हङकङबीच जारी सिरिजबाट हङकङ बाहिरिइसकेको छ। 

नेपालले यस सिरिजमा लगातार चार वटा खेल जितिसकेको छ। युएईमाथि दुई र हङकङमाथि दुई जित हात पारेको हो। युएई र हङकङले एकअर्कासँग एक-एक जित हात पारेको छ। रन रेटको आधारमा युएई फाइनलमा प्रवेश गरेको हो।

 

कमेन्टहरु