नदीमा बेपत्ता युवकको शव फेला

रासस


रुपन्देहीको कोटहीमाई गाउँपालिका–१ र ५ को सिमानामा रहेको तिनाउ र दानव नदी सीमाको मुहानमा डुबेर कोटहीमाई–१ का २० वर्षीय युवक सन्तकुमार राजभर बेपत्ता भएका थिए । राजभरको शव बिहीबार भेटिएको हो । सो घटनामा परेर स्थानीय २४ वर्षीय अजयकुमार नाउँ र १८ वर्षीय अजय राजभरको मृत्यु भएको थियो ।
स्थानीयले स्थापना गरेको दुर्गा मूर्ति विसर्जन गर्न बडादसैँका दिन ती युवक सो नदी किनारमा पुगेका थिए । डुबेको स्थानबाट केही तल तैरिएको अवस्थामा बिहीबार दिउँसो शव फेलापरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक राजेश बस्नेतले जानकारी दिए ।

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त



तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार
अरुपनि पढ्नुहोस
सबै
प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने

वायु प्रदूषण जोखिम कम गर्न कामपाको आग्रह

जग्गाको धनीपुर्जा माग्दै झापामा ६० हजार परिवारको आवेदन
















