यु-९ समूहमा झापाका ढकाललाई बंगबन्धु खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा ‘गोल्ड मेडल’

नवलपुर टुडे


झापा । झापा बिर्तामोडका आयुर ढकालले बंगलादेशमा जारी पहिलो बंगबन्धु खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा गोल्ड मेडल जितेका छन् ।
अक्टोवर १९–२१ मा भएको प्रतियोगितामा ढकालले यु–९ समूहमा गोल्ड मेडल हात पारेका हुन् ।
बंगबन्धु तेक्वान्दो महासंघले आयोजना गरेको उक्त प्रतियोगितामा सेन्ट जेभियर्स देउनियामा अध्ययनरत ढकालले पुम्सेतर्फ गोल्ड मेडल हात पार्न सफल भएका हुन् ।
बंगलादेशको तेक्वान्दो महासंघले पहिलो पटक राजधानीको जिरानी सावरमा आयोजना गरेको पहिलो बंगबन्धु अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिपमा ढकाललाई तेक्वान्दो महासंघ नेपाल र मेची डेजोङले सहभागी गराएको हो ।
प्रतियोगितामा नेपाल, भारत, भुटान, श्रीलंका, मलेसिया, थाइल्याण्ड र अफगानिस्तानको सहभागिता रहेको थियो ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















