प्रधानमन्त्री ‘प्रचण्ड’ को परराष्ट्र सल्लाहकारमा सापकोटा नियुक्त

जगत ठाडा मगर
२०८० कार्तिक ३ | मध्यान्ह ०१:०७ बजे

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को परराष्ट्र सल्लाहकारमा रूपक सापकोटालाई नियुक्त गरिएको छ । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले सापकोटालाई प्रधानमन्त्री प्रचण्डको परराष्ट्र सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकारका गोविन्द आचार्यले जानकारी दिए ।






















