दर्पण पोष्ट पाँच बर्ष पार गरी ६ औं बसन्तमा प्रवेश

जगत ठाडा मगर


नवलपरासी । शिखा मिडिया प्रालिद्वारा सन्चालनमा आएको पश्चिम नेपालकै पहिलो राष्ट्रिय डिजिटल पत्रिका दर्पण पोष्टले आफ्नो ५ औ बसन्त पार गरेर ६ औ बसन्तमा प्रवेश गरेको छ ।
सुनवल १ नवलपरासीमा प्रधान कार्यालय रहेको दर्पण पोष्टले ५ बर्षदेखि सत्य, तथ्य तथा निष्पक्ष समाचार सम्प्रेषण गर्दै आइराखेको छ । समाजको यथार्थ अवस्था, समसामयिक विषयवस्तु, सत्य तथ्य तथा निष्पक्ष समाचार सम्प्रेषणका लागि स्थापना गरिएको दर्पण पोष्टले सन २०१७ देखि आफ्नो सेवा सुरु गरेको थियो ।
दर्पण पोस्टले आफ्नो स्थापनाकालदेखी नवलपरासी पश्चिम, नवलपरासी पुर्व, नवलपरासी पुर्व, रुपन्देही, दाङ, बाँके, कपिलवस्तु, पाल्पा, स्याङ्जा, पर्वत, कैलाली, काठमाडौ लगायत नेपालभर तथा बिश्वभरका समाचार प्रकाशन, तथा सम्प्रेषित गर्दै आइरहेको छ । प्रारम्भमा परिक्षण सेवा चलाएको दर्पण पोष्टले हाल अनलाइन रेडियो दर्पण, अनलाइन टेलिभिजन र युटुबबाट दर्पण टिभी नेपाल पनि संचालनमा ल्याएको छ ।
समाजको निष्पक्ष यथार्थ बाहिर ल्याइरहेको दर्पण पोष्टले बिक्रम संवत् २०७५ माघ १३ गते कम्पनी रजिस्ट्रार कम्पनिमा संगठन दर्ता गरेको थियो । यद्यपि, दर्पण पोष्टको स्थापना दिवस १९ अक्टुबर (oct) मा मनाइन्छ । त्यस्तैगरी बिक्रम संवत् २०७५ माघ १४ मा दर्पण पोष्टलाई आन्तरिक राजस्व बिभागमा दर्ता गरिएको थियो । दर्पण पोष्टले २०७५ साल फागुन १९ मा सुचना तथा प्रशारण बिभागबाट सञ्चारमाध्यम अनुमती लिएको थियो ।
हामीले सत्य, तथ्य निष्पक्ष समाचार सम्प्रेषणका साथै समाजिक कार्यहरु पनि गर्दै आएका छौ र आगामी दिनहरुमा पनि सामाजिक कार्यहरुमा लाग्ने नै छौ । हामीले मृगौलापीडितलाई आर्थिक सहयोग, लामो समयदेखी हराएकाहरुको खोजी तथा थुप्रै सामाजिक कार्यहरु गर्दै आएका छौ ।
हामीले तेस्रो स्थापना दिवसको अवसरमा दियालो कृषि सहकारी संस्था, नेपाल पशु स्वास्थ्य प्राबिधिक सेवा सघ र रेडियो सुनवलको साझेदारीमा “१० दिने पत्रकारिता आधारभूत तालिम पनि संचालन गरेका थियौ । उक्त तालिममा ५० बढी सहभागीले पत्रकारिताका विषयमा ज्ञान हासिल गरेका थिए ।
आगामी दिनमा हामी लाईभ लोक दोहोरी, कमेडी नाटक, नारी आवाज, लाईभ समाचार, यस्तै विभिन्न कार्यक्रम उत्पादन गर्ने तयारीमा रहेका छौ । हामी निरन्तर समाजका सत्य, तथ्य तथा निष्पक्ष समाचार र सुचना दिन तत्पर छौ । आगामी दिनहरुमा सबै पाठक, दर्शक, श्रोता तथा सम्पुर्णबाट माया, साथ, सल्लाह तथा सुझावको आशा राख्दछौ ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















