नवलपुरस्थित चौधरी ग्रुपका मजदुर आन्दोलित

जगत ठाडा मगर


नवलपुर, कात्तिक २ गते । नवलपुरको देवचुलीमा रहेको चौधरी ग्रुपका मजदुरहरू आन्दोलित भएका छन् ।
चौधरी ग्रुपको सिजी ब्रुअरीमा काम गर्ने मजदुरहरूले वार्षिक रूपमा खाए पाई आएको बोनस रकम नदिएको भन्दै आन्दोलित भएका हुन् । गत वर्ष न्यूनतम तलब खाने कर्मचारीले पनि दसैँमा रु. ५०-६० हजार बोनस पाए पनि यो पटकदेखि एक रुपैयाँ पनि बोनस नदिएकोले आन्दोलन गर्नु परेको मजदूरहरुले बताएका छन् ।
सिजी ब्रुअरीले गत वर्ष २८ लाखको बियर बेचेकोले त्यसबाट भएको फाइदाबाट बोनस रकम पाउनु पर्ने मजदुरहरूको भनाइ छ । तर उद्योगले भने उल्टै प्रशासनको सहयोगमा मजदुर माथि प्रहरी दमन गरेको मजदुर नेता शशी सिग्देलले बताउनुभयो । प्रहरीको लाठी प्रहारबाट १२ जना मजदुर घाइते भएको उहाँको भनाई छ । प्रशासनसँग पटक पटक छलफल गर्दा पनि प्रशासनले मजदुरको मागप्रति चासो दिनुको साटो उल्टै प्रहरी दमन गरेको सिग्देलले बताउनुभयो ।
काठमाडौँबाट आएका उद्योगका प्रतिनिधि तिलकराज शर्माले मजदुरका पक्षमा बोल्नुको साटो उल्टै आन्दोलन नगर्न र गरे कामबाट निकाल्ने धम्की दिएपछि मजदुरहरू थप आक्रोशित भएका छन् । उनीहरूले छलफल गरेर आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेका छन् । श्रम ऐनअनुसारको सेवा सुविधा नपाएसम्म आफूहरू आन्दोलनबाट पछि नहट्ने सिग्देलले बताउनुभयो ।
उहाँका अनुसार ७ लाख रुपियाँभन्दा बढी व्यापार हुँदा उद्योग नाफामा जान्छ । तर उद्योग प्रशासनले भने उद्योग घाटामा गएकाले बोनस दिन नसकेको बताएको छ । उद्योगले मजदुरहरूलाई हस्तलिखित कागजमा लेखेर गत वर्ष १० करोड ६० लाख रुपियाँ घाटा भएको जानकारी गराएको छ । तर मदजूरहरुले भने विना अडिटको हस्त लिखित कागजलाई आधिकारिक मान्न नसकिने र गलत नियतले उद्योगले यसो गरेको बताएका छन् ।

झापाको दमकस्थित भाट–भटेनी सुपर स्टोर शनिबारदेखि पुनः सञ्चालनमा आउने

भेडा तथा बाख्रापालन व्यवसायमा आर्थिक रूपमा आत्मनिर्भर बनाउने कार्यक्रम तयारी

हरिबोधिनी एकादशीः देशभरका नारायण मन्दिरमा भक्तजनको लाम

प्यारापाइलट उत्पादन गर्न माछापुच्छ्रेमा खुल्यो प्याराग्लाइडिङ स्कुल

बोलेरो दुर्घटनामा एक महिलाको मृत्यु, ९ जना घाइते
अरुपनि पढ्नुहोस
सबै
श्रीराम जानकी विवाहपञ्चमीको तयारी तीव्र, विभिन्न उपसमिति गठन

आज पहाडमा आंशिक बादल, तराईमा हुस्सु

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आज हरिबोधिनी एकादशी: तुलसी र भगवान् विष्णुको विवाह गरिँदै
















