कोशीका मुख्यमन्त्रीलाई विश्वासको मत दिने कांग्रेस र एमालेको निर्णय

नवलपुर टुडे


काठमाडौं । नेपाली कांग्रेसले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको छ । आज बिहान बसेको कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठकले कार्कीलाई विश्वासको मत दिएर सत्तापक्षको बेञ्चमा बस्ने निर्णय गरेको हो ।
प्रदेश सांसद उद्वब थापाका अनुसार बैठकले मुख्यमन्त्री कार्कीको पक्षमा मतदान गर्ने र सत्तापक्षको बेञ्चमा पनि बस्ने निर्णय गरेको हो । कार्की कांग्रेस नेता शेखर कोइराला पक्षका सांसद हुन् । कांग्रेसका ८ सांसद लिएर एमालेको समर्थनमा मुख्यमन्त्री बनेपछि असन्तुष्ट रहेको संस्थापन पक्षले उनलाई विश्वासको मत दिने भएको हो ।
त्यस्तै नेकपा एमालेले पनि कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको छ । आज बिहान विराटनगरमा बसेको एमाले कोशी प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको एमालेका प्रमुख सचेतक रेवती रमण भण्डारीले जानकारी दिए ।
११ बजे सुरु हुने भनेको प्रदेशसभा बैठक दलहरूका आन्तरिक बैठक र छलफलका कारण ढिला भएको छ । कार्कीले अहिले केहिबेरपछि बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिँदैछन् ।

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त



तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी
अरुपनि पढ्नुहोस
सबै
सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने

वायु प्रदूषण जोखिम कम गर्न कामपाको आग्रह
















