खेलकुद

यूएईविरुद्ध नेपाललाई पहिलो ओभरमै विकेट

जगत ठाडा मगर
२०८० कार्तिक १ | मध्यान्ह ०१:०७ बजे

काठमाडौँ । त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले पहिलो ओभरमै युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध विकेट हात पारेको छ ।

मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरिरहेको नेपालले पहिलो ओभरमा सफलता हात पारेको हो । सोमपाल कामीले पहिलो बलको अन्तिम बलमा यूएईका खालिद खानको विकेट हात पारे । उनी १ रन बनाएर आउट भए ।

कमेन्टहरु