दसैँमा सिराहा भुल्केका दश दलित परिवारलाई घर हस्तान्तरण

रासस


सिराहा । सिराहाको कर्जन्हा नगरपालका–४ स्थित भुल्केमा दश दलित परिवारलाई नवनिर्मित घर हस्तान्तरण गरिएको छ । नगरपालिका र भवानी एकीकृत विकास केन्द्रको सहयोगमा तीन कोठा र एक शौचालयसहितको घर हस्तान्तरण गरिएको हो ।
सुरुवातमा दश घर हस्तान्तरण गरिए पनि निर्माणको क्रममा रहेका अन्य ५५ घर दलित परिवारलाई हस्तान्तरण गरिने नगर प्रमुख भोलाप्रसाद पोखरेलले जानकारी दिए । आर्थिक अवस्था कमजोर भएका दलित परिवारलाई पालिकाले केन्द्रसँग समन्वय गरी पक्की घर निर्माण गरेको उनको भनाइ थियो ।
“नमुना बस्तीकारुपमा विकास गर्ने योजना अनुसार दलित परिवारका लागि पक्की घर बन्दैछन् । पहिलो चरणमा १० परिवारलाई घर हस्तान्तरण गरिएको छ”, नगर प्रमुख पोखरेलले भने, “बाँकीका लागि ५५ घर निर्माणको क्रममा छन् । छिट्टै नवनिर्मित घर हस्तान्तरण गरिने छ ।”
आर्थिक रुपमा कमजोर रहेका दलित वर्गको उत्थानका साथै उनीहरुको सहज जीविकोपार्जनका लागि नगरपालिकाले क्रमिक रुपमा कार्य गर्दै आएको उपप्रमुख लक्ष्मी कुमारी श्रेष्ठले बताए ।
यहाँका दलित परिवारले पक्की घर पाएपछि नगरपालिका र संस्थाका प्रतिनिधिलाई धन्यवाद व्यक्त गर्दै खुसी मनाएका छन् ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















