साहित्यकार चित्तरञ्जन नेपालीको ९३ वर्षको उमेरमा हृदयाघातको कारण निधन

नवलपुर टुडे


काठमाडौँ, असोज ३० । साहित्यकार चित्तरञ्जन नेपालीको निधन भएको छ । नेपालीको आइतबार ९३ वर्षको उमेरमा हृदयाघातको कारण निधन भएको उनका भतिज मञ्जुल प्रसाद राजभण्डारीले जानकारी दिए । राजभण्डारीका अनुसार उनको आइतबारै पशुपति आर्याघाटमा अन्त्येष्टि गरिएको छ ।
चित्तरञ्जन नेपालीले सामाजिक शास्त्र (विधा) विषयमा जनरल भीमसेन थापा र तत्कालीन नेपाल नामक ग्रन्थका लागि उनले वि सं २०१३ सालमा मदन पुरस्कार समेत प्राप्त गरेका थिए ।
चित्तरञ्जन नेपाली उनको साहित्यिक नाम हो । उनको वास्तविक नाम भने नारायण प्रसाद राजभण्डारी हो । उनी नेपाली इतिहासकार, निबन्धकार र रङ्गकर्मी पनि हुन् । उनले लामो समय सरकारी सेवामा समेत बिताएका थिए ।

झापाको दमकस्थित भाट–भटेनी सुपर स्टोर शनिबारदेखि पुनः सञ्चालनमा आउने

भेडा तथा बाख्रापालन व्यवसायमा आर्थिक रूपमा आत्मनिर्भर बनाउने कार्यक्रम तयारी

हरिबोधिनी एकादशीः देशभरका नारायण मन्दिरमा भक्तजनको लाम

प्यारापाइलट उत्पादन गर्न माछापुच्छ्रेमा खुल्यो प्याराग्लाइडिङ स्कुल

बोलेरो दुर्घटनामा एक महिलाको मृत्यु, ९ जना घाइते
अरुपनि पढ्नुहोस
सबै
श्रीराम जानकी विवाहपञ्चमीको तयारी तीव्र, विभिन्न उपसमिति गठन

आज पहाडमा आंशिक बादल, तराईमा हुस्सु

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आज हरिबोधिनी एकादशी: तुलसी र भगवान् विष्णुको विवाह गरिँदै
















