प्रधानमन्त्रीले गैरआवासीय नेपाली नागरिकता वितरण गर्दै, पहिलो नागरिकता कुल आचार्यलाई

नवलपुर टुडे
२०८० अशोज ३० | बिहान ०७:०६ बजे

काठमाडौं, असोज ३० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज गैरआवासीय नेपालीलाई नागरिकता वितरण गर्ने भएका छन् । बिहान ८ बजेबाट प्रधानमन्त्री निवास बालुवाटारमा उक्त कार्यक्रम सुरु हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
नयाँ कानुनअनुसार गैरआवासीय नेपालीले पनि गैरआवासीय नेपाली नागरिकता पाउने भएपछि नागरिकता वितरण गरेर प्रधानमन्त्रीले उक्त कार्यक्रम सुरुआत गर्न लागेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले पहिलो गैरआवासीय नागरिकता एनआरएनए अध्यक्ष कुल आचार्यलाई प्रधान गर्ने कार्यक्रम तय भएको छ । आचार्यले सामाजिक सञ्जालमार्फत पहिलो गैरआवासीय नागरिकता आफूलाई प्रदान गर्न लागेकोमा आभार व्यक्त गरेका छन् ।























