युवराज भण्डारीको पहिलो कविता सङ्ग्रह ‘अर्को कर्नाली’ सार्वजनिक

नवलपुर टुडे


काठमाडाैं, असोज २६ । कवि तथा गजलकार युवराज भण्डारीको कवितासङ्ग्रह ‘अर्को कर्नाली’ सार्वजनिक भएकाे छ । लामो समयदेखि लेखनमा क्रियाशील भण्डारीको यो पहिलो कविता सङ्ग्रह हो । यस सङ्ग्रहमा भण्डारीले २०७५ सालदेखि २०८० सालसम्म लेखेका ५६ वटा समसामयिक कविताहरू सङ्कलित छन् ।
‘अर्को कर्नाली’ सङ्ग्रहमा साहित्यकार डा. नेत्र एटमले भूमिका लेखेका छन् । भूमिकाको क्रममा उनले लेखेका छन् “युवराज भण्डारीको ‘अर्को कर्नाली’मा सङ्कलित कविता समसामयिक समस्या, चिन्ता, मुद्दा र परिवेशसँग कविको भावनाले अन्तरक्रिया गरेपछि अभिव्यञ्जित आलोकका काव्यगुच्छा हुन् । यी कविता भौतिक संसार, लौकिक जीवन र अध्ययन-अनुभवका विविध स्रोतबाट माथि उठ्दै गरेको कविका गहन चिन्तनसार हुन् । उनका कविता भावावेगमा प्रवाहित छन्, जसले गर्दा तिनले पाठकको गूढ अनुभूतिलाई प्रदीप्त पार्छन् र भाषिक कलाका रूपमा कविताको पृथक् सौन्दर्यशास्त्रीय विशिष्टता स्थापित गर्छन् ।”
डुम्रिबेसी, तनहुँमा जन्मिएका युवराज भण्डारी अहिले टोरन्टो, क्यानडामा रहेर जीविका चलाउँदै नेपाली भाषा साहित्य सिर्जनामा सक्रिय छन् । पेसाले इन्जिनियर भण्डारीका कल्पतरु, कान्तिपुर, गोरखापत्र, शाल्मलि, मधुपर्क, वैजयन्ती, फित्कौली, मुक्तक सागर, नागरिक दैनिक, साहित्य पोस्ट, समकालीन साहित्यलगायतका पत्रपत्रिकामा दर्जनौँ फुटकर रचना प्रकाशित हुँदै आइरहेका छन् ।
कवि भण्डारीको ‘अर्को कर्नाली’ भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । यस कृतिको मूल्य मूल्य रु. २९० रहेको छ ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















