मुख्य समाचार

खोलाले बगाएर एक जनाको मृत्यु, एक बेपत्ता

रासस
२०८० अशोज २० | मध्यान्ह ०४:०६ बजे

चितवन, असोज २० । पश्चिम चितवनको राप्ती नदीले बगाएर एक जनाको मृत्यु भएको छ भने एक बेपत्ता भएका छन् । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२४ की ४८ वर्षीया फडिमाया अधिकारी रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार बेपत्ता हुनेमा ३२ वर्षीया निरमाया श्रीमल रहेकी छन् । पण्डितका अनुसार उनीहरू आज बिहान निगुरो टिप्न गएका थिए । बेपत्ता श्रीमलको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

मृतकको शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको पण्डितले बताए । भरतपुर महानगरपालिका–२५ स्थित जमुनाघाटमा उनीहरूलाई नदीले बगाएको थियो ।

कमेन्टहरु