मुख्य समाचार

अभिनेता अनमोल केसी छुटे 

नवलपुर टुडे
२०८० अशोज १५ | बिहान ०६:०६ बजे

काठमाडौ । फिल्मका लागि १० लाख रुपैयाँ लिएर काम नगरेको भन्ने उजुरीका आधारमा पक्राउ परेका अभिनेता अनमोल केसी थुनामुक्त भएका छन् ।

काठमाडौं प्रहरी परिसरको हिरासतमा रहेका उनलाई आइतबार राति हाजिरी जमानीमा छाडिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुमोद ढुंगेलले जानकारी दिए । उनले भने, ‘अभिभावकको जिम्मा लगाएर छाडेका छौँ । अनमोलको काका उज्ज्वल केसी आउनु भएको थियो ।’ 

चलचित्र रावायणका लागि बयाना लिएर पनि काम नगरेको भन्दै अनमोल तीन दिन अगाडि पक्राउ परेका थिए । आइतबार जिल्ला अदालतले उनलाई हिरासतमा तीन दिन राख्न अनुमति दिएको थियो । सो तीन दिन पनि आइतबार सकिएको थियो । 

बोलाएको बेला उपस्थित हुने कागज गराएर अनमोललाई छाडिएको हो । 

कमेन्टहरु