Opens in a new tab

सिराहामा फेरि समात्यो भन्सार छलेर ल्याइएको एक ट्रक सामान

नवलपुर टुडे

29Shares
dida bag ad

सिराहा । सिराहामा भन्सार छलेर ल्याएको एक ट्रक सामान राजस्व अनुसन्धान कार्यालय इटहरीको टोलीले नियन्त्रणमा लिएको छ। राजस्व अनुसन्धानको टोलीले सिराहाको माडर भन्सार छलेर ल्याएको लत्ताकपडा ट्रकमा राखेर लैजाँदै गर्दा ट्रकसहित नियन्त्रणमा लिएको हो। 

भन्सार छलीका लत्ताकपडालगायतका सामान रहेको भन्दै प्रदेश १–०२–००१ ख ९२३८ नम्बरको ट्रकलाई सुराकीको अधारमा राज्श्वको टोलीले नियन्त्रणमा लिएको कार्यालय प्रमुख सुरेश आचार्यले जानकारी दिए। 
 
सिराहाको दक्षिणी सीमावर्ती बजार माडरबाट पूर्वपश्चिम राजमार्गको चोहर्वाचौकतर्फ जाँदै गरेको ट्रकलाई चोहर्वा चोकनजिकै नियन्त्रणमा लिइएको राजस्व अनुसन्धान कार्यालयका प्रमुख आचार्यले बताए। 

प्रमुख आचार्यका अनुसार ट्रकमा भन्सार छलीको लत्ताकपडालगायतका विभिन्न सामान छन्। टोलीले यसअघि आइतबार बिहान सिराहा नगरपालिका– १५ मा रहेको चन्द्रनारायण आधारभूत विद्यालयपरिसरको बगैँचाबाट करिब ५० लाख रुपैयाँको लत्ताकपडा बरामद गरेको थियो। 

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

२०८३ कार्तिक १९ | मध्यान्ह ०५:०७ बजे

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

२०८३ कार्तिक १९ | मध्यान्ह ०५:०७ बजे