सिरहा खिरौनाका इन्चार्ज यादवको संलग्नतामा भित्र्याएको लाखौंको अवैध कपडा राजस्व विभागद्वारा बरामद

नवलपुर टुडे


सिरहा, असोज १३ । सिरहास्थित बोर्डरबाट ५० लाख मूल्य बराबरको अवैद्य कपडा बरामद गरिएको छ । शुक्रबार राती राजस्व अनुसन्धान कार्यालय इटहरीको एक टोलीले सिरहाको एक विद्यालयमा लुकाई राखिएको लाखौँको कपडा बरामद गर्न सफल भएको हो ।
विभागको कर्मचारी टोलीले शुक्रबार राति सिरहाको माडर भन्सार नाका नजिकैबाट झन्डै ५० लाख रुपैयाँ बराबरको चोरीको कपडा बरामद गरेको हो । दशैँमा बिक्री गर्ने उद्धेश्यले स्थानीय चन्द्रनारायण माविको प्रांगणस्थित आँपको बगैंचामा थुपारिएको कपडा सुराकीको आधारमा इटहरी कार्यालय प्रमुख सुरेश आचार्यको नेतृत्वमा गएको सशस्त्र प्रहरीसमेतको टोलीले नियन्त्रणमा लिएको हो ।
सर्टिङ सुटिङका कपडा, सारी, तयारी पोसाक लगायतका सामान बरामद गरिएको छ । सामान इटहरी कार्यालयमा लगेर यकिन गरिने जानकारी आचार्यले दिए । राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाका अनुसार सीमामा ठूलो परिमाणमा कपडा संकलन गरेर काठमाडौं ल्याउने तयारी भएको सूचनाका आधारमा कपडा बरामद गरिएको हो ।
खुला नाका भएकाले दसैंलाई लक्षित गरेर चोरी पैठारीबाट कपडा संकलन गरेर व्यापारीले ट्रकमा राख्ने तयारी गरेका बेला बरामद भएको हो । केही सामान भने बरामद हुनु अगावै ट्रकमा लोड गरेर अन्यत्र लगेको स्रोतले बतायो । केही समयअघि उक्त कार्यालयले ११ गाँड कपडा सोही स्थानबाट बरामद गरेर एक जनालाई धरौटीमा छाडेको थियो । उक्त सामान व्यक्तिको घरबाट बरामद गरिएको थियो ।
व्यक्ति पक्राउ गर्ने र मुद्दा चलाउने भएपछि तस्करहरूले चोरीको सामान खुला चौरमा संकलन गरेर ट्रकमा लोड गर्न थालेका हुन् । महानिर्देशक ढुंगानाले चाडबाडमा खुला सीमाबाट चोरी पैठारी बढ्ने भएको सतर्कता अपनाइएको बताए ।
कपडा भित्र्याउन खिरौना प्रहरीका ईन्चार्ज दुर्गा यादवको संलग्नता
नेपाल–भारतसीमा स्थित रहेको खिरौनाका ईन्चार्ज दुर्गा यादवको विशेष संलग्नतामा सो लाखौँको कपडा छिराईएको जनाईएको छ । बोर्डरमै रहेको प्रहरी चौकीको नाक अगाडीबाट ट्रकभरिको समान ल्याउन सम्भव नै नभएको अवस्थामा ईन्चार्ज यादवको संलग्नतामै सो कपडा आएको बताईएको छ ।
विगत एक सातादेखिको कसरत गरी ईन्चार्ज यादवले सो कपडा नेपाल भित्र्याउन तस्करलाई मदत गरेको बताईएको छ । काठमान्डौँ पठाउने तयारी गरिएको सो लाखौँको कपडाको लागि ईन्चार्ज यादवले पनि १० लाख रुपैयाँ लिएको श्रोतको दाबी छ । ईन्चार्ज यादवले ३ ट्रक कपडा बापत १० लाख रुपैयाँमा डील गरेको बताईएको छ ।
ईन्चार्ज यादवले एक्लै १० लाख रुपैयाँ खाने भएपछि उनकै कर्मचारीले माथिल्लो निकायमा खबर पुर्याएको दाबी स्रोतको छ । ईन्चार्ज यादवले यसअघि पनि करोडौँको सामानलाई हरिझण्डी दिने गरेका छन् ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















