इलाम–२ बाट चुनाव लड्ने अभिनेत्री एलीजाको तयारी

नवलपुर टुडे
२०८० अशोज १२ | बिहान ०६:०६ बजे

काठमाडौँ, असोज १२ । अभिनेत्री एलीजा गौतमले इलाम–२ बाट उपनिर्वाचनमा उम्मेदवार बन्ने बताएकी छिन् । केही समयअघि नागरिक उन्मुक्ति पार्टी परित्याग गरेका उनी फेरि राजनीतिमा सक्रिय हुन लागेकी हुन् ।
‘म इलाम–२ बाट उपनिर्वाचनमा उम्मेदवार बन्ने निश्चित भएको छ । कुन पार्टीबाट उठ्ने निश्चित भएको छैन । कुराकानी धेरैसँग भएको छ । म राम्रै पार्टीबाट उम्मेदवार बन्नेछु’, उनले भनिन् ।
दर्जनौं म्युजिक भिडियोमा अभिनय गरेकी गौतमले अनुराग चलचित्रमा अभिनय गरेकी छिन् । उनी पत्रकार ऋषि धमलाकी पत्नीसमेत हुन् । एमालेका उपाध्यक्षसमेत रहेका सांसद सुवासचन्द्र नेम्वाङको भदौ २६ गते निधन भएपछि उक्त क्षेत्र रिक्त रहेको छ ।
इलाम–२ सहित संघ, प्रदेश र स्थानीय तहमा आगामी वैशाखमा उपनिर्वाचन गर्ने तयारी निर्वाचन आयोगको छ ।






















