मुख्य समाचार

सर्लाहीमा जलाउन लागेको युवतीको शव नियन्त्रणमा, पतिसहित ३ जना पक्राउ

नवलपुर टुडे
२०८० अशोज ११ | मध्यान्ह ०२:०६ बजे

काठमाडौं, असोज ११ । सर्लाहीमा जलाउन लागेको अवस्थामा प्रहरीले एक युवतीको शव नियन्त्रणमा लिएको छ ।

रामनगर गाउँपालिका–१ खैर्वाका सुनिल शाहकी पत्नी २१ वर्षीया मनिषा शाहको शव अनुसन्धानका लागी नियन्त्रणमा लिइएको जिप्रका सर्लाहीका प्रवक्ता (डिएसपी) दीपेन्द्र पंजियारले जानकारी दिए ।  

मनिषाको मृत्यु शंकास्पद देखिएपछि त्यसबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । डिएसपी पंजियारका अनुसार मनिषाको घाँटीमा डाम देखिएको छ । शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल सर्लाहीमा राखिएको छ । 

प्रहरीले मनिषाका पति सुनिल शाह, ससुरा र देवरलाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई सोधपुछका लागी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

कमेन्टहरु