मुख्य समाचार

चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ

नवलपुर टुडे
२०८० अशोज ९ | मध्यान्ह ०७:०६ बजे

काठमाडौँ, असोज ९ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिकित्सकमाथि हातपात तथा आक्रमण गर्नेमाथि कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

गृह मन्त्रालयमा आज स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत, नेपाल मेडिकल काउन्सिल, नेपाल चिकित्सक संघलगायत स्वास्थ्यकर्मीसँग सम्बन्धित संघसंस्थाका प्रतिनिधिसँगको छलफलमा उनले स्वास्थ्यकर्मीलाई कुटपिट हुन नदिइने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

मणिपाल शिक्षण अस्पताल लगायत अन्य स्वास्थ्य संस्थामा चिकित्सकमाथि भएका आक्रमणलाई लिएर चिकित्सकहरुले आन्दोलन गर्दै आएका थिए । आज उनीहरु र सरकारबीच वार्तालापपछि आक्रमण गर्नेमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ अनुसार कारबाही गर्ने सहमति भएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।

छलफलमा चिकित्सक र स्वास्थ्य संस्थामाथि जहाँ आक्रमण भएको हो, त्यहाँ कानुनअनुसार कारबाही गर्ने सहमति भएको छ । गत हप्ता हेटौँडा, लमजुङ, बुटवल, धनगढी र पछिल्लो सोमबार बिहान पोखरा मणिपाल अस्पतालका चिकित्सक उपर कुटपिट भएको थियो ।

कमेन्टहरु