लुम्बिनी प्रदेश सरकारले दियो राउटेलाई २५ हजार दशैँ खर्च

रासस


दाङ, असोज ९ । लुम्बिनी प्रदेश सरकार अर्थ मन्त्रालयले राउटे समुदायलाई दशैँ खर्च उपलब्ध गराएको छ । मङ्गलबार दशैँ खर्च माग गर्दै मन्त्रालय पुगेका राउटेलाई दशैँ खर्च उपलब्ध गराइएको हो ।
अर्थमन्त्री धनबहादुर मास्कीले दशैँ खर्च बापत रु २५ हजार उपलब्ध गराएका हुन् । सुर्खेतबाट आएका राउटेका मुखिया विर्खबहादुर शाही, लालबहादुर शाही र जीवन शाहीलाई उक्त रकम हस्तान्तरण गरिएको हो ।
उनीहरु प्रत्येक वर्ष तीज, दशैँ र तिहारमा सरकारसँग खर्च माग गर्दै आएका छन् । केहीदिनदेखि उहाँहरु दाङ र यसका आसपासका सरकारी कार्यालयमा गई दशैँ खर्च माग्दै आएका थिए ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















