खेलकुद

नेपाल क्रिकेट संघको सचिवमा पारस खड्का निर्वाचित

नवलपुर टुडे
२०८० अशोज ६ | मध्यान्ह ०६:०६ बजे

काठमाडौँ, असोज ६ । नेपाल क्रिकेट संघ (क्यान) को सचिवमा पारस खड्का निर्वाचित भएका छन् । राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तानसमेत रहेका पारसले ४८ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका प्रतिद्वन्द्वी प्रशान्तविक्रम मल्लले ३७ मत पाएका थिए । पारसले २ वर्षअघि क्रिकेटबाट सन्यास लिएका थिए । उनी काठमाडौं जिल्ला क्रिकेट संघको सदस्य हुँदै बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका थिए । त्यसलगत्तै उनी नेपाल क्रिकेट संघको सचिवमा निर्वाचित भएका हुन् ।

क्यानको शनिबार सम्पन्न निर्वाचनले अध्यक्षमा चतुरबहादुर चन्दलाई सर्वसम्मत निर्वाचित गरेको थियो ।

कमेन्टहरु