मुगुको गमगढी बजारमा आगलागी, ६ घर जलेर नष्ट

नवलपुर टुडे


काठमाडौं, असोज ६ । मुगुको सदरमुकाम गमगढी बजारमा आगलागी भएको छ ।
आज बिहान १ बजे छायानाथ रारा नगरपालिका – १ गमगढी बजारमा एक कम्प्युटर पसलबाट सुरू भएको आगलागीमा ६ घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डिएसपी वीरेन्द्र थापा जानकारी दिए । आगलागीबाट आसपासमा रहेका अन्य घरमा समेत क्षति पुगेकाे छ ।
आगलागी करिब ४ घन्टापछि नियन्त्रणमा आएको डिएसपी थापाले बताए । उनका अनुसार आगलागीबाट वडाध्यक्ष पिआर मल्लको घरसहित पुतली शाही, प्रदीप रावल, सन्त सिलवाल, सान्त्वना खत्री, जंग शाही र सोनाम लामाको घर पूर्ण रूपमा क्षति भएको छ ।
करिब ११० सुरक्षाकर्मी परिचालन गरी बिहान साढे ४ बजे आगलागी नियन्त्रणमा लिइएको थियो । त्यस क्षेत्रमा दमकल नभएका कारण आगो निभाउन खानेपानीको पाइपबाट पानी हालेर आगो नियन्त्रणमा लिइएको थियो । खानेपानीको पाइपबाट पानी, माटो र बालुवा प्रयोग गरी आगलागी नियन्त्रणमा लिइएको डिएसपी थापाले बताए ।
आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको डिएसपी थापाले जानकारी दिए ।

चीनले अन्तरिक्षमा प्रक्षेपण गर्यो नयाँ स्याटेलाइट

‘खाओ, पियो, मोज गरो’ भारतीय संस्कृति होइन : नरेन्द्र मोदी

धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्कियो, दुई युवकको मृत्यु

दाङमा यात्रुवाहक बस दुर्घटना, १४ जना घाइते

बंगलादेशमा हिंसा चर्कियो, २८ जिल्लामा बम विस्फोट
अरुपनि पढ्नुहोस
सबै
उद्यमशीलतायुक्त सांस्कृतिक गाउँको यात्रामा बेनीकोट

दोब्बर आम्दानी हुने भएपछि उखु खेतीमा रमाउँदै कञ्चनपुरका किसान

चितुवा र दुम्सीको आतङ्कले किसान चिन्तित

म्याग्दी प्रहरीको ‘ब्राबोसेरा’ अभियान
















