कपिलवस्तुको कृष्णनगरमा ३५ सदस्यीय योङ कम्युनिस्ट लिक तथा ४५ सदस्यीय मुश्लिम मुक्ति मोर्चा गठन


कपिलवस्तु, असोज ३ । कपिलवस्तुको कृष्णनगरमा रोहित त्रिपाठीको अध्यक्षतामा ३५ सदस्यीय YCL तथा शहनवाज खानको अध्यक्षतामा ४५ सदस्यीय मुस्लिम मुक्ति मोर्चा संबिधान दिवसको अवसरमा आज गठन भएको छ।
जनतासंग माओबादी विशेष रूपांतरण अभियान अन्तर्गत मुस्लिम मुक्ति मोर्चा नेपाल नगर समिति भेला कृष्णनगरको मुश्लिम कमिटी हलमा सम्पन्न गरेको छ ।।
कार्यक्रमको अध्यक्षता नेकपा माओबादी केन्द्र कृष्णनगर नगर कमिटी अध्यक्ष जाबेद आलम खान, प्रमुख अतिथिमा नेकपा माओबादी केन्द्र स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री महेश्वर गहतराज (अथक), विशिष्ट अतिथिमा नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष तथा लुम्बिनी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री सुदर्शन बराल, अतिथिमा केन्द्रीय सदस्य तथा पूर्व मन्त्री वकील अहमद मुसलमान, केन्द्रीय सल्लाहकार समिति सदस्य एहसान अहमद खान, लुम्बिनी प्रदेश कोषाध्यक्ष निर्दोश अलि, कपिलवस्तु जिल्ला अध्यक्ष तथा प्रदेश सदस्य बिष्णु बेल्वासे, कपिलवस्तु जिल्ला सचिव हजरत अली, नेकपा माओबादी केन्द्र शिवराज नगर कमिटी अध्यक्ष, विजयनगर गाँउ कमिटी अध्यक्ष नुरुल खां, सहीद परिवारका मुन्ना, कर्म हुसेन लगायत अन्यको सहभागिता रहेका थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि अथकले सदियौं देखि पछाडि परेका समुदायको अधिकारका लागि माओबादी पार्टीले गरेको संघर्षले आज मुस्लिमको हकअधिकार संविधानमा लेखिएको बताए ।
कार्यक्रममा बोल्दै पूर्व मन्त्री बरालले यदि नेकपा माओबादी केन्द्र पार्टी कमजोर भयो भने संविधानमा लेखिएको अधिकार पनि कार्यन्वयन हुन नसक्ने अवस्था आउन सक्छ। अर्का अतिथि विष्णु बेल्बासेले माओबादी केन्द्रका साथीहरू जनताको बीचमा सधै रहि जनताको हकअधिकार दिलाउन यथासम्भव प्रयास गरिरहनु पर्ने बताए।
कार्यक्रममा बोल्दै वकील मुसलमानले जनता आज माओबादी पार्टी नयाँ ढंगले आएको भन्ने बुझ्न थालेका छन्। कार्यक्रममा बोल्दै एहसान अहमद खाले गरीब जनताको साथमा नेकपा माओबादी केन्द्र रहने बताए। कार्यक्रममा बोल्दै हजरत अलीले पार्टीका साथी मिलेर जनतालाई जागरूक गराएर अगामी निर्वाचनमा कसैले हराउन नसक्ने बताए।
कार्यक्रममा बोल्दै निर्दोश अलीले मुस्लिम समुदायको हक अधिकार मात्र माओबादी केन्द्रले दिलाउन सक्ने तथा मुस्लिम आयोग, मदरसा बोर्ड गठन गर्न, इद, बकर ईदमा सार्वजनिक बिदा माओबादी केन्द्रले नै पहल गरेको बताए।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश कमिटी सदस्य मौलाना मशहूद खा नेपालीले नेकपा माओबादी केन्द्र सधै जनताको हकहीतमा काम गर्ने, माओबादीले नै सबैको अधिकार दिलाउन निरन्तर लागेको तथा लागि रहने, तथा प्रत्येक परिवारमा माओबादी केन्द्रको एजेण्डा पुर्याउनु पर्ने बताउदै देश माओबादी कै ऐजेण्डामा चलिरहेको बताए।
कार्यक्रममा साहिद खानले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रममा सहिद परिवारलाई सम्मान समेत गरिएको थियो। उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि करिब दुई सय जना भन्दा बढी नेकपा माओबादी केन्द्र पार्टीमा प्रवेश गरेको नगर अध्यक्ष जाबेद आलम खाले जानकारी दिए।
लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष तथा नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य मौलाना मशहुद खा नेपालीले कार्यक्रम संचालन गरेका थिए।






















