रुपन्देहीको तिलोत्तमामा दुई मजदुर समूहबीच झडप हुँदा एकको मृत्यु, ३ जना गम्भीर घाइते

असिम कामु


बुटवल, असोज २ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–९ केरवानीमा दुई मजदुर समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । उक्त झडपमा अन्य ३ जना मजदुर घाइते भएका छन् ।
गएराति मादक पदार्थ सेवन गरी एक आपसमा कुटाकुट हुँदा हेटौडा घर भई रुपन्देहीको मंगलापुरमा बस्दै आएका सुरेश साङताङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । उनको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो ।
यस्तै घाइते हुनेहरूमा काठमाडौं महानगरपालिका–१ बस्ने विकास वाइवा, मकवानपुरका राजु तामाङ र मकवानपुरकै हस्तसिंह तामाङ रहेको प्रहरीले जनाएको छ । घाइते तीनै जनाको अवस्था गम्भीर रहेको बताइएको छ । उनीहरुलाई उपचारको लागि भैरहवा लगिएको छ ।
झडपमा संलग्न १३ जना मजदुरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जानकारी दिएको छ । उनीहरूबीच मकवानपुरे र नुवाकोटे समूहका नाममा धारिलो हतियारसहित झडप भएको स्थानीय बताएका छन् । तर प्रहरीले भने यसबारे केही उल्लेख गरेको छैन ।

झापाको दमकस्थित भाट–भटेनी सुपर स्टोर शनिबारदेखि पुनः सञ्चालनमा आउने

भेडा तथा बाख्रापालन व्यवसायमा आर्थिक रूपमा आत्मनिर्भर बनाउने कार्यक्रम तयारी

हरिबोधिनी एकादशीः देशभरका नारायण मन्दिरमा भक्तजनको लाम

प्यारापाइलट उत्पादन गर्न माछापुच्छ्रेमा खुल्यो प्याराग्लाइडिङ स्कुल

बोलेरो दुर्घटनामा एक महिलाको मृत्यु, ९ जना घाइते
अरुपनि पढ्नुहोस
सबै
श्रीराम जानकी विवाहपञ्चमीको तयारी तीव्र, विभिन्न उपसमिति गठन

आज पहाडमा आंशिक बादल, तराईमा हुस्सु

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आज हरिबोधिनी एकादशी: तुलसी र भगवान् विष्णुको विवाह गरिँदै
















