राजनीति

‘जनतासँग माओबादी विशेष रुपान्तरण अभियान’ विजयनगरको गणेशपुरमा सम्पन्न

नवलपुर टुडे
२०८० भदौ ३० | मध्यान्ह ०८:०५ बजे

कपिलवस्तु, भाद्र ३० । कपिलवस्तु जिल्लाको विजयनगर गाँउपालिका वडा नं ७ गणेशपुरमा आज नेकपा माओबादी केन्द्रको जनतासँग माओबादी विशेष रुपान्तरण अभियान कार्यक्रम सम्पन्न भएको छ ।

नेकपा माओबादी केन्द्रका विजयनगर गाँउपालिका अध्यक्ष नूरूल खानको अध्यक्षता, नेकपा माओबादी केन्द्रका स्थायी समिति सदस्य तथा पूर्व युवा तथा खेल्कुद मन्त्री महेश्वर जंग गहतराज (अथक) को प्रमुख आतिथ्यता तथा माओबादी केन्द्रका केन्द्रीय सल्लाहकार एहसान अहमद खान, नेकपा माओबादी केन्द्रका लुम्बिनी प्रदेश कमिटी सदस्य मौलाना मशहूद खां नेपाली, नेकपा माओबादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य रूद्र लाल बन्जाडेको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

यस्तै अतिथिमा नेकपा माओबादी केन्द्र कपिलवस्तु जिल्ला संयोजक बिष्णु प्रसाद बेल्बासे, नेकपा माओबादी केन्द्रका कपिलवस्तु जिल्ला सचिव हजरत अली लगायत रहेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि अथकले मधेसी जनता बिना वर्दीका सिपाही रहेका बताए । विशिष्ट अतिथि रूद्रलाल बन्जाडेले शुसासन, सामाजिक न्याय र समृद्धिका लागि अघि बढ्नुपर्ने, भ्रष्टाचार विरूद्धको अभियान सबै जनसमुदाय मिलेर लाग्नुपर्ने, मुश्लिम, मधेसी, महिला, दलित लगायतका हक अधिकारका निम्ति संगठीत भइ लाग्नुपर्ने बताए ।

यस्तै नेकपा माओबादी केन्द्रका केन्द्रीय सल्लाहकार एहसान अहमद खानले पार्टीका राष्ट्रिय अध्यक्ष पुष्प कमल दहाल ‘प्रचण्डले’ पार्टीका साथीहरूलाई गरिब जनताको घरघरमा पुगेर पार्टीलाई थप मजबूत बनाई जनताको भलाईको काम गर्न निर्देशन गरे बमोजिम आफूहरू काम गरि रहेको बताए ।

यसैगरी प्रदेश सदस्य मौलाना मशहूद खां नेपालीले कार्यक्रममा उपस्थित सबै प्रति हार्दिक धन्यवाद व्यक्त गर्दै विजयनगरको गणेशपुरमा माओबादी केन्द्रका साथीहरू संघर्ष गरेको ठाँउ तथा इतिहास बोकेको ठाँउ रहेको बताउँदै माओबादी केन्द्रकै नेतृत्वको सरकारले सहिदहरूको सपना साकार गरेर छाड्ने बताए ।

जिल्ला संयोजक बिष्णु प्रसाद बेल्वासेले हिजो पनि माओबादी जनताको अधिकार दिलाउन लडेको r आज पनि जनतालाइ पूर्ण अधिकार दिलाउनका लागि निरन्तर संघर्षमा नियमित लागेको बताए । जिल्ला सचिव हजरत अलीले माओबादी केन्द्रले मुस्लिम, मधेसी लगायत सबैको अधिकार दिलाएको पार्टी भएको र पार्टीको बारेमा जोसँग जति पनि छलफल गर्न सक्ने बताए । कार्यक्रमका अध्यक्ष नुरुल खानले माओबादी केन्द्र विजयनगरमा कमजोर नहुने बताउँदै अब विजयनगर माओबादी केन्द्रमै हुने जिक्र गरे ।

कार्यक्रममा विजयनगर गाँउपालिकाका लगभग सयौँको संख्यामा अरू पार्टी परित्याग गरि माओबादी केन्द्रमा प्रवेश गरेको आयोजकले जनाएको छ । कार्यक्रम संचालन सुदिप सारूले गरेका थिए ।

कमेन्टहरु