जिप्रका मुस्ताङका प्रमुख भोजराज पाण्डेयलाई कर्मचारी मिलन केन्द्रद्वारा भब्य स्वागत


बुटवल, भदौ ३० । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीबाट जिल्ला प्रहरी कार्यालय मुस्ताङमा कार्यालय प्रमुखको रुपमा सरुवा भई जानु भएका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयलाई आज कर्मचारी मिलन केन्द्र मुस्ताङले कार्यक्रमको आयोजना गरी स्वागत गरेको छ ।
सो कार्यक्रममा कर्मचारी मिलन केन्द्र मुस्ताङका संरक्षक तथा प्रमुख जिल्ला अधिकारी अनुप केसीले खादा तथा अबिर लगाई स्वागत गर्नुभएको थियो ।
प्रहरी नायव उपरीक्षक पाण्डेय जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीमा १३ महिना कार्यरत रही हालै मात्र मुस्ताङमा जिल्ला प्रहरी कार्यालयको प्रमुखको रुपमा सरुवा भई जानु भएको हो ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीमा १३ महिने कार्यकाल रहदा शान्ती सुरक्षा, चोरी, तस्करी नियन्त्रण, आन्तरिक राजश्व संकलनमा उल्लेखनीय वृद्धि गर्नु र पत्रकारहरुलाई छिटो छरितो रुपमा सुचना उपलब्ध गराउन प्रभावकारी भुमिका निर्बाह गर्नुभएका थिए ।























