उच्च अदालतका लागि २७ जना न्यायाधीशको नियुक्ति सिफारिस

नवलपुर टुडे
२०८० भदौ २९ | मध्यान्ह ०३:०५ बजे

काठमाडौँ, भदौ २९ । न्याय परिषद्को बैठकले उच्च अदालतका लागि २७ जना न्यायाधीश नियुक्तिको सिफारिस गरेको छ । शुक्रबार बसेको परिषद्को बैठकले उच्च अदालतमा रिक्तमध्ये २७ जना न्यायाधीशको नाम सिफारिस गरेको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।
प्रवक्ता कार्कीका अनुसार सिफारिस भएकामध्ये १८ जना जिल्ला न्यायाधीशबाट सिफारिस गरिएको छ भने ३ जना कर्मचारी र ६ जना कानुन व्यवसायबाट सिफारिस गरिएको छ । सिफारिस भएकाहरुको नाम भने हालसम्म सार्वजनिक भएको छैन ।
न्याय परिषद्को सिफारिसमा प्रधानन्यायाधीशले उच्च अदालतको न्यायाधीश नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ ।























