राजनीति

नेपाल विद्यार्थी संघको क्षेत्रीय उपाध्यक्षमा पप्पु यादव चयन

नवलपुर टुडे
२०८० भदौ २८ | मध्यान्ह १२:०५ बजे

सिरहा, भदौ २८ । नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको क्षेत्रीय उपाध्यक्षमा पप्पु यादब चयन भएका छन् । नेपाल विद्यार्थी संघले एक कार्यक्रमको आयोजना गरी क्षेत्र नं. ३ प्रदेश क, ख र नगरपालिका, गाउँपालिका स्तरीय विद्यार्थी गठन कार्यक्रम एकैसाथ सम्पन्न गरिएको छ ।

नेपाल विद्यार्थी संघले सिरहा क्षेत्र नं. ३ का उपाध्यक्ष पदमा पप्पु यादब, सचिबमा अनिष सिंह, कोषाध्यक्षमा सरिता यादब, सह-सचिवमा बिबेक सिंह र प्रदेश -३ (क) अध्यक्षमा मनोज यादब, उपाध्यक्षमा सुनिल साह, सचिबमा दिनेश सिंह, सह-सचिबमा जगदिश यादब, सह-सचिबमा सन्जय साह, कोषाअध्यक्षमा मन्जिला यादब, प्रदेश- ख मा अध्यक्षमा रन्जन यादब, उपाध्यक्षमा राम यादब, सचिबमा महेश ठाकुर, सह-सचिबमा बिबेक कुमार यादब, सह-सचिबमा अकाश यादब, नगरका अध्यक्षमा रामभरत साह, उपाध्यक्षमा अजय सिंह, सचिबमा कृष्ण यादब लगायत १०१ सदस्य चयन गरिएको छ ।

नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमितिको उपाध्यक्ष जितेन्द्र यादब र सचिब बिनय कुमार यादबको अध्यक्षतामा कार्यक्रमको प्रारम्भ गरिएको थियो । उक्त कार्यक्रमका प्रमुख अतिथी नेपाली काङ्ग्रेसका जिल्ला सभापती रामचन्द्र यादब, बि.अ प्रदिप फाउन्डेशनका सस्थापक भार्ती शिल्वाल, बि.अ नेपाली काङ्ग्रेसका जिल्ला सदस्य रामसगुन यादब, प्रदेश -३ क का सभापती रामनारायण महतो, नगर सभापति राजदेब साह (लालबाबु) वडा नं. ४ का वडा अध्यक्ष सकल देब यादब लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

कमेन्टहरु