बलात्कार आरोपमा एमाले युवा नेता पक्राउ

नवलपुर टुडे


कञ्चनपुर । बलात्कार मुद्दामा नेकपा एमाले कञ्चनपुरका युवा नेता पक्राउ परेका छन । एमाले लालझाडीका प्रभावशाली युवा नेता एव राष्ट्रिय युवा संघ सुदूरपश्चिम प्रदेशका सदस्य अमर राना बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले अमर रानालाई पक्राउ गरिएको बताए । उनका अनुसार युवतीले दिएको जाहेरीका आधारमा रानालाई पक्राउ गरि अनुसन्धान अघि बढाईएको छ । एमाले नेता राना बिरुद्धमा एक गाँउकै युवतीले जबरजस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा मुद्दा दर्ता गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
युवतीका दाजुले बहिनीमाथि पटक पटक जागिर दिने प्रलोभन देखाएर अमर रानाले बलात्कार गरेपछि न्यायका लागि प्रहरीमा किटानी दिएको बताए । पीडित युवतीका दाजुले एमाले नेतृत्वमा लालझाडी सरकार भएकाले अमरले आफ्नै पार्टीको नेतृत्वमा स्थानीय सरकार भएको र जागिर लगाईदिने भन्दै बलात्कार गर्दै आएको बताए ।
‘यस अघि अमरले बहिनीलाई प्रलोभन देखाएर बलात्कार गरेर गर्भ नै राखेका रहेछन, ‘पीडितका दाजुले भने, ‘अहिले त बहिनीको जिन्दगी नै बर्बाद पारिदिए ।’ बहिनीले ढिलोगरी घर परिवारमा बताएपछि सोमबार जिल्ला प्रहरी कार्यालयमा अमर राना बिरुद्धमा किटानी दिएको बताए ।
गाँउमा अन्य पार्टीका युवा नेता कार्यकर्तामाथि अनेक आरोप लगाउँदै आएका एमाले नेता अमर आफै बलात्कार काण्डमा मुछिएपछि उनको आलोचना भईरहेको छ । गाँउमै दिदिबहिनी सरह किशोरीलाई पार्टी नेतृत्वको सरकारको हुर्मत दिएर यसरी एमाले नेताले यौन शोषण गरेको देखेर स्थानीयसमेत त्रसित भएका छन ।
पीडित किशोरीकी बुवाले गाउँको विवाद गाउँमै समाधान गर्नुपर्छ, बाहिर लैजानुहुन्न भन्दै आफुलाई दवाव दिईरहेको बताए । छोरी माथि भएको जबर्जस्ती करणी जस्तो जघन्य अपराध गाउँमै मिलाउन हुन्न, गाउँमै दबाएर राख्न खोजियो भने कालान्तरमा यसले नराम्रो असर पार्ने भन्दै प्रहरीमा उजुरी दिएको बताए ।
उनले जवरजस्ती करणीबाट आफ्नो छोरीको मानवीय, मनोवैज्ञानिक, शारीरिक, पेशागत, चारित्रिक, बौद्धिक, सामाजिक, आर्थिक लगायत जीवनको विभिन्न पक्षमा परेका दुरगामी असरलाई ध्यानमा राखी निजलाई कडा भन्दा कडा कारबाहीको माग गरेका छन ।
महिला अधिकार, नैतिकता र समाजिक विषयको पाठ सिकाउने एमालेले आफ्नै नेता बलात्कार काण्डमा मुछिएपछि के त्यसलाई मुद्दा बनाउँदा वा आचारण विपरित काम गर्ने कार्यकर्ताको संरक्षण गर्दा त्यो भने हेर्न बाँकी छ । एमाले लालझाडीले समेत रानालाई निलम्बन गरेको छ ।

झापाको दमकस्थित भाट–भटेनी सुपर स्टोर शनिबारदेखि पुनः सञ्चालनमा आउने

भेडा तथा बाख्रापालन व्यवसायमा आर्थिक रूपमा आत्मनिर्भर बनाउने कार्यक्रम तयारी

हरिबोधिनी एकादशीः देशभरका नारायण मन्दिरमा भक्तजनको लाम

प्यारापाइलट उत्पादन गर्न माछापुच्छ्रेमा खुल्यो प्याराग्लाइडिङ स्कुल

बोलेरो दुर्घटनामा एक महिलाको मृत्यु, ९ जना घाइते
अरुपनि पढ्नुहोस
सबै
श्रीराम जानकी विवाहपञ्चमीको तयारी तीव्र, विभिन्न उपसमिति गठन

आज पहाडमा आंशिक बादल, तराईमा हुस्सु

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आज हरिबोधिनी एकादशी: तुलसी र भगवान् विष्णुको विवाह गरिँदै
















